Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबा गम्भीर घाइते

मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबा गम्भीर घाइते

  • बिहिवार, मंसिर १४ २०८०

  • 1.3K
    SHARES

  • मोटरसाइकल दुर्घटनामा ४ महिने छोरी र आमाको मृत्यु, बुबा गम्भीर घाइते

    काठमाडौं। मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको घटनास्थलमा मृत्यु भएको छ । चालक गम्भीर घाइते भएका छन् ।

    मकवानपुरको मकवानपुरगढी(२ धवाडी पुलमा भएको दुर्घटनामा ३४ वर्षकी रुपा स्याङतान र ४ महिनाकी छोरी घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । घटनामा मोटरसाइकल चालक रुपाका श्रीमान् ३५ वर्षीय भीमबहादुर स्याङतान गम्भीर घाइते भएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले बताउनुभयो ।

    सुकौराबाट कान्तिलोकपथ तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१२ प ६९११ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट १२ मिटर तल खसेको प्रहरीको भनाई छ । स्याङतानलाई थप उपचारको लागि चितवन पठाइएको छ ।


    बिहिवार, मंसिर १४ २०८००३:३१:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij