Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

  • बुधवार, मंसिर १३ २०८०

  • 636
    SHARES

  • विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जाँदै हुनुहुन्छ ।

    इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उहाँ मङ्सिर २३ मा कतार जान लाग्नुभएको हो ।

    यसअघि मंसिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिनुभएको थियो ।

    त्यसअघि मंसिर ७ गते (बिहीबार) उहाँले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गर्नुभएको थियो ।

    परराष्ट्र मन्त्री साउदले आज (बुधवार) गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गर्नुभएको छ ।

    कतार बसाइँका क्रममा उहाँ दोहा २१ औँ फोरममा पनि सहभागी हुनुहुनेछ । डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।


    बुधवार, मंसिर १३ २०८००२:२८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij