Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कैलालीमा युवक हत्यामा संलग्नको आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

कैलालीमा युवक हत्यामा संलग्नको आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

  • बुधवार, मंसिर १३ २०८०

  • 4.0K
    SHARES

  • कैलालीमा युवक हत्यामा संलग्नको आरोपमा पक्राउ परेका ७ जना सार्वजनिक

    काठमाडौं । विवाहमा गएका कैलालीका एक युवकको सामुहिक कुटपिटबाट मृत्यु भएको छ।

    जिल्लाको लम्की चुहा नगरपालिका वडा नम्बर ९ घेराघाटका एक युवकको सामुहिक कुटपिटबाट मङ्गलवार राति मृत्यु भएको हो। सामुहिक कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घोडाघोडी नगरपालिका वडा नम्बर २ का २६ वर्षीय मोहन अधिकारीको मृत्यु भएको हो।

    घेराघाटका डिल्ली कोइराकालाको विवाहमा गएका अधिकारीमाथि विवाद हुँदा युवाहरुको समूहले कुटपिट गरेका थिए। उनलाई उपचारका लागि लम्कीको लालरत्तन अस्पतालमा लगिएको थियो। अस्पतालले नेपालगञ्ज मेडिकल कलेज रेफर गरेको थियो । नेपालगञ्ज मेडिकल कलेजले पनि रेफर गरेपछि अधिकारीलाई टीकापुर ल्याइएको थियो।

    टीकापुर अस्पतालका चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका हुन्। अधिकारीमाथि लम्कीका युवाहरुले कुटपिट गरेका थिए। प्रहरीले अहिलेसम्म कुटपिटमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ। लम्की–चुहा नगरपालिका–९ का २८ वर्षीय विर्ख भुल, २४ वर्षीय सोनु साउद, २३ वर्षीय चक्र कुँवर, २० वर्षीय अकेश कुँवर, २३ वर्षीय नविन केशी, २५ वर्षीय रामलाल चौधरी र २४ वर्षीय विशाल कुमाललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।

    पक्राउ परेका सबै व्यक्ति लम्की चुहा नगरपालिका वडा नम्बर ९ का हुन्।


    बुधवार, मंसिर १३ २०८००१:५६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij