Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

तनहुँ दुर्घटना अपडेटः २ को मृत्यु, ३४ जना घाइते

तनहुँ दुर्घटना अपडेटः २ को मृत्यु, ३४ जना घाइते

  • बुधवार, मंसिर १३ २०८०

  • 481
    SHARES

  • तनहुँ दुर्घटना अपडेटः २ को मृत्यु, ३४ जना घाइते

    काठमाडौं । तनहुँमा आज बिहान भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन्।

    मृत्यु हुनेमा धनकुटा साँगुरीगढीका ४५ वर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५० वर्षका टोकबहादुर मगर रहेका जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाणले जानकारी दिनुभयो ।

    धरानबाट पोखरातर्फ छुटेको ग १ ख ७८९५ नम्बरको बस पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज बिहान पौने ६ बजे सडकबाट अनियन्त्रित भई तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

    दुर्घटनामा घाइते मध्ये ९ जनालाई उपचारको लागि पोखरा पठाइएको छ। अन्यको दमौली अस्पताल र रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक खाणले जानकारी दिनुभयो।


    बुधवार, मंसिर १३ २०८०१०:१३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij