Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम 

स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम 

  • मंगलवार, मंसिर १२ २०८०

  • 1.2K
    SHARES

  • स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम 
    काठमाडौं । स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास सम्बन्धी तालिम दिइएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले १८ जना आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई योगाभ्यास तालिम दिएको हो ।
     
    योगाभ्यासको महत्त्व र फाइदाको बारेमा जानकारी दिने, कर्मचारीहरूलाई स्वस्थ रहन योग अभ्यास सम्बन्धी ज्ञान र सिप अभिवृद्धि गरी स्वास्थ्य संस्था मार्फत नियमित योगाभ्यास सञ्चालन गर्ने तथा विभिन्न रोगका उपचारका लागि ‘रोगअनुसार योग’को ज्ञान र सिप अभिवृद्धि गर्ने उद्देश्यका साता तालिम दिइएको हो ।
     
    काठमाडौं जिल्लास्थित ११ स्थानीय तह मध्ये १० वटा स्थानीय तहमा आयुर्वेदका संस्थाहरू रहेका छन् । उक्त १० वटा पालिकाका रहेको नागरिक आरोग्य सेवा केन्द्र र आयुर्वेद औषधालयमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरूलाई स्वास्थ्य प्रवर्द्धन तथा रोग उपचारका लागि योगाभ्यास तालिम अन्तर्गत स्वास्थ्य प्रवर्द्धनात्मक तथा उपचारात्मक योग विषयका सैद्धान्तिक तथा प्रयोगात्मक योग कक्षाहरू सञ्चालन गरिएको थियो । कार्यक्रम ७ दिन सम्म सिनामङ्गलमा सञ्चालन गरिएको थियो ।
     
    कार्यक्रमबाट प्रदेश र स्थानीय तहमा कार्यरत आयुर्वेद स्वास्थ्यकर्मीहरू मार्फत योगाभ्यास सम्बन्धी समुदायमा प्रचारप्रसार भई आयुर्वेद सेवाग्राहीको सङ्ख्या वृद्धि हुने।योग मार्फत स्वास्थ्य प्रवर्द्धन र रोग प्रशमन हुने अपेक्षा गरिएको छ ।
     
    जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रबाट नियमित रुपमा स्वास्थ्य प्रवर्द्धन तथा विभिन्न रोगका उपचारका लागि नियमित रुपमा योग सिकाइन्छ । यस वर्षको आयुर्वेद तथा योगका लागि नारा ‘मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि आयुर्वेद, योग र ध्यान’ रहेको छ ।


    मंगलवार, मंसिर १२ २०८००४:१२:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij