Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

बसाइँसराइलाई बेलैमा व्यवस्थापन गर्न नसकिए समस्या निम्ताउछ : स्वास्थ्य मन्त्री बस्नेत

बसाइँसराइलाई बेलैमा व्यवस्थापन गर्न नसकिए समस्या निम्ताउछ : स्वास्थ्य मन्त्री बस्नेत

  • मंगलवार, मंसिर १२ २०८०

  • 890
    SHARES

  • बसाइँसराइलाई बेलैमा व्यवस्थापन गर्न नसकिए समस्या निम्ताउछ :  स्वास्थ्य मन्त्री बस्नेत

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले जनसङ्ख्याको बसाइँसराइ रोक्नका लागि तिन वटै सरकार सजक हुनु पर्ने बताउनु भएको छ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अन्तर्राष्ट्रिय आप्रवासन संगठनको सहयोगमा मंगलबार राजधानीमा आयोजना गरेको जनसङ्ख्या र बसाइसराइ व्यवस्थापनको सबलीकरण सम्बन्धी परिसंवाद कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बस्नेतले विकासको न्यायोचित वितरण नभएका कारण बसाइसराइको चाप सहरी क्षेत्र र तराईमा बढेको र पहाडको घटेको बताउँदै बेलैमा व्यवस्थापन गर्न नसकिए त्यसले समस्या निम्ताउने बताउनु भएको छ।

    कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकी सचिव देवकुमारी गुरागाईँले नेपालीको औसत आयु बढ्दै जानु र जन्मान्तर घट्दै गइरहेको बेला यसका विषयमा पनि विज्ञहरूले चासो राख्नु पर्नेमा जोड दिनुभयो।

    मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क वाराकोटीले सरकारले अगामी १६ औँ पञ्चवर्षीय योजनामा यो विषयलाई प्राथमिकताका साथ संशोधन गर्नु पर्ने आवश्यकमाथि जोड दिनुभएको छ।

    अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनकी प्रतिनिधि हेनेल फोर्सले खुला सिमानाका कारण पनि नेपालमा बसाइसराइ बढेको बताउँदै राज्यले बसाईसराईलाई व्यवस्थित गर्न सके विकासले गति लिन सक्ने बताउनुभयो।  कार्यक्रममा तथ्यांक कार्यालयका निर्देशक ढुन्डीराज लामिछानेले बसाइसराइ व्यवस्थित सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।


    मंगलवार, मंसिर १२ २०८००१:२९:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij