काठमाडौं । त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले प्रत्यक वर्ष चाडपर्वको अवसरमा मनाउँदै आएको शुभकामना आदान–प्रदान कार्यक्रम स्थगित गरेको छ ।
कोरोना भाईरस (कोभिड–१९)को संक्रमण काठमाडौंमा उच्च जोखिम बढेका कारणले प्रत्यक विश्व स्वाथ्य संगठन(डब्लुएचओ)को मापदण्ड अनुसार यो वर्ष विजयादशमी, शुभ दीपावली, छठ पर्व एवं नेपाल संवत्को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम स्थगित गरेको एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।
सभापति डा. वसन्त ढकाल र महासचिव केशवराज शर्माद्वारा हस्ताक्षरीत उक्त विज्ञप्ती मार्फत संघले शुभकामना दिएको छ ।