Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

  • सोमवार, मंसिर ११ २०८०

  • 453
    SHARES

  • जाजरकोटमा चिसोका कारण भूकम्पपीडित सुत्केरीको मृत्यु

    काठमाडौं । जाजरकोटमा भूकम्पले घर भत्काएपछि त्रिपालमुनि बस्ने गरेकी एक सुत्केरीको चिसोले मृत्यु भएको छ ।

    नलगाड नगरपालिका–८ तल्लोसिमाकी २५ वर्षीया शर्मिला चदाराको मृत्यु भएको हो । चदारा सुत्केरी भएको करिब महिना हुन लागेको जनाइएको छ ।

    चदाराको गएराति चिसोबाट मृत्यु भएको नलगाड ८ का वडाध्यक्ष तेजबहादुर सिंहले जानकारी दिनुभयो । गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भयो भने तीन सय ४६ घाइते भएका थिए ।

    भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । जारकोटमा चिसोले मृत्यु हुनेको संख्या यसअघि नै १४ पुगिसकेको छ ।


    सोमवार, मंसिर ११ २०८०१०:५०:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij