Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आजदेखी फेरी सुरु भयो द्रुत बस सेवा

आजदेखी फेरी सुरु भयो द्रुत बस सेवा

  • आइतवार, मंसिर १० २०८०

  • 923
    SHARES

  • आजदेखी फेरी सुरु भयो द्रुत बस सेवा

    काठमाडौँ। काठमाण्डौको रत्नपार्क–भक्तपुरको सूर्यविनायक द्रुत बस सेवा फेरि सञ्चालनमा आएको छ। आजदेखि थप ११ वटा बस थपेर सेवा सञ्चालनमा आउन लागेको हो। द्रुत बसका लागि सडकमा फेरि रङरोगन गर्नुका साथै ठाउँ ठाउँमा बोर्डहरु राखिएका भने ११ वटा बस थपिएका छन्।

    १३.४ किलोमिटर रहेको रत्नपार्कदेखि सूर्यविनायकसम्मको दूरी द्रुत बस सेवा सञ्चालनपछि करिब ४५ मिनेटको यात्रा हुनेछ। द्रुत बस सेवाको सञ्चालनले काठमाडौं उपत्यकाको यातायात क्षेत्रमा सुधार तथा सहजता ल्याउने सरकारले जनाएको छ।

    द्रुत बस सेवाका लागि रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछन्।

    दसैँ–तिहारको बिदामा यात्रुको चाप न्यून भएको र द्रुत सेवा सञ्चालनमा ल्याइएका बसहरु काठमाडौँ उपत्यकाबाहिर जानु परेकाले केही समय स्थगित गरिएको सेवा पुनः सञ्चालनमा ल्याइएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।

    २५ वटा बससहित असोज ३ गतेबाट सञ्चालनमा आएको द्रुत बस सेवा दसैँपछि स्थगित भएको थियो ।


    आइतवार, मंसिर १० २०८००९:२१:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij