Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यी प्रहरी छैनन् सम्पर्कमा,हाजिर हुन सात दिनको अल्टिमेटम

यी प्रहरी छैनन् सम्पर्कमा,हाजिर हुन सात दिनको अल्टिमेटम

  • आइतवार, मंसिर १० २०८०

  • 641
    SHARES

  • यी प्रहरी छैनन् सम्पर्कमा,हाजिर हुन सात दिनको अल्टिमेटम

    काठमाडौं। नेपाल प्रहरीका २६ जना कर्मचारी विना सुचना कार्यालयको सम्पर्क बाहिर बसेका छन्। लामो समयदेखी सम्पर्क बाहिर रहेका कर्मचारीहरुलाई प्रहरी प्रधान कार्यालय नक्सालले हाजिर हुन आउन अनुरोध गरेको छ।

    कार्यालयले आज सूचना जारी गर्दै हाजिर हुन नआएका २६ प्रहरी कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको हो।

    आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।

    सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ। उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।

    aaaaa.jpg


    आइतवार, मंसिर १० २०८००७:२०:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij