Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

  • आइतवार, मंसिर १० २०८०

  • 551
    SHARES

  • उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    काठमाडौँ। यतिबेला नेपालको मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू भागमा आंशिक देखि सामान्य बदली रही बाँकी पहाडी भूभागमा आंशिक बदली र तराई भूभागमा आंशिक बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति भने सुदूरपश्चिम,कर्णाली र गण्डकी प्रदेश पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

     


    आइतवार, मंसिर १० २०८००६:४०:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij