Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नगरप्रमुख राईद्धारा पाठेघर खसेका महिलालाई खोजी खोजी उपचार

नगरप्रमुख राईद्धारा पाठेघर खसेका महिलालाई खोजी खोजी उपचार

  • आइतवार, मंसिर १० २०८०

  • 1.2K
    SHARES

  • नगरप्रमुख राईद्धारा पाठेघर खसेका महिलालाई खोजी खोजी उपचार

    काठमाडौं। खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले सबै वडाका पाठेघर खसेका महिलाको निःशुल्क शल्यक्रिया गराउन लागेको छ। सबै वडामा स्वास्थ्यकर्मी परिचालन गरेर अध्ययन गर्दा पहिचान भएका २४ जनालाई शिर मेमोरियल अस्पताल बनेपासँगको सहकार्यमा शल्यक्रिया गराउन लागिएको नगर प्रमुख विमला राइले जानकारी दिनुभयो ।

    उनीहरु मध्ये २० जनालाई शनिबार अस्पताल पु¥याइएको उहाँले बताउनु भयो। निःशुल्क शल्यक्रिया गर्ने व्यवस्थासहित बिरामी र उनीहरूका एक एक जना कुरुवालाई शिर मेमोरियल अस्पताल बनेपा लगिएको नगरपालिकाले जनाएको छ।

    अस्पताल जाने आउने, उपचार गर्ने, खाने र बस्ने खर्च नगरपालिकाले उपलब्ध गराउने पनि नगरप्रमुख राईले जानकारी दिनुभयो।पाठेघर खसेर तेस्रो र चौथो डिग्री पार गरेपछि शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुगेका बिरामीलाई मात्र अस्पताल लगिएको हो।

    हलेसी तुवाचुङ नगरपालिकाले गत बर्ष पनि २० जनाको निःशुल्क शल्यक्रिया गराएको नगरप्रमुख राइले बताउनु भयो।


    आइतवार, मंसिर १० २०८००६:२९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij