Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु

  • शनिवार, मंसिर ९ २०८०

  • 480
    SHARES

  • लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु
    काठमाडौं ।  लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु हुँदैछ । यो दिवस हरेक वर्ष नोभेम्बर २५ तारिखदेखि डिसेम्बर १० तारिखसम्म विश्वभर मनाउने गरिन्छ ।
     
    संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो ।
     
    नेपालमा भने २०५४ सालदेखि यो दिवस मनाउन थालिएको हो । तर, हरेक वर्ष अभियान सञ्चालन भए पनि महिलामाथि हुने हिंसा भने रोकिएको छैन ।
     
    नेपाली समाजमा बोक्सीको आरोप, छाउपडी, दाइजो, छुवाछुत जस्ता कुप्रथाका कारण अहिले पनि महिला र बालबालिका विभिन्न हिंसा भोग्न बाध्य छन् ।
     
    अभियानका क्रममा महिला तथा बालबालिकासँग सम्बन्धित विभिन्न संघ संस्थाले सचेतनामूलक विभिन्न कार्यक्रमहरू गर्ने छन् ।


    शनिवार, मंसिर ९ २०८००७:४३:०३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij