Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

बर्दियाको एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु, १ जना घाइते

बर्दियाको एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु, १ जना घाइते

  • शनिवार, मंसिर ९ २०८०

  • 912
    SHARES

  • बर्दियाको एक घरमा आगलागी हुँदा ४ जनाको मृत्यु, १ जना घाइते
    काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एउटा घरमा आगलागी हुँदा ४ जनाको मृत्यु भएको छ। आगलागीमा १ जना घाइते भएका छन्।  
     
    जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार शुक्रबार राति १० बजेतिर आगलागी भएको सूचना स्थानीयले दिएका थिए। आगोले जलेर ज्यान गुमाउनेमा तुलापुरका ३२ वर्षीया राधा बुढा, १० वर्षीया मानसिंह बुढा, ७ वर्षीय क्रिस चन्द र करिब १८ महिनाका बालक कार्तिक चन्द छन्। आगलागीमा परेर २८ वर्षीया करिस्मा चन्द घाइते भएकी छन्। 
     
    जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख, प्रहरी उपरीक्षक एसपी सुधीरराज शाहीका अनुसार मृत्यु भएका ४ जनाको शव निकाल्ने प्रयास भइरहेको छ। 
     
    तुलापुरको घेराबारी नजिकको टायलले छाएको घरमा आगो लागेको हो। आगलागीको कारण भने खुल्न सकेको छैन। 


    शनिवार, मंसिर ९ २०८००६:४०:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij