Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने

  • शुक्रवार, मंसिर ८ २०८०

  • 443
    SHARES

  • भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर उपलब्ध गराइने
    काठमाडौं । जाजरकोट भूकम्प प्रभावितलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले निःशुल्क विद्युत् मिटर उपलब्ध गराउने भएको छ ।
     
    गत कात्तिक १६ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्प जाँदा एक सय ५४ जनाको मृत्यु भएको थियो भने तीन सय ४६ घाइते भएका थिए । भूकम्पबाट २६ हजार पाँच सय ५७ निजी घर पूर्णरुपमा तथा ३५ हजार चार सय ५५ घरमा आंशिक क्षति भएको जनाइएको छ । 
     
    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भूकम्प प्रभावितलाई निःशुल्क विद्युत् मिटर वितरण गरिने जानकारी दिनुभयो । 
     
    उहाँले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत विद्युत् सेवा नपुगेका ठाउँमा रहेका भूकम्प प्रभावितका लागि ‘सोलार सिस्टम’ वितरणको तयारी भएकोसमेत बताउनुभयो। “केन्द्रका कर्मचारी तथ्याङ्क सङ्कलनमा रहेकाले तथ्याङ्क आउने बित्तिकै सोलार सिस्टम उपलब्ध गराइने छ”, मन्त्री बस्नेतले भन्नुभयो । भूकम्पबाट नलगाड, भेरी, बारेकोटमा बढी क्षति भएको छ ।


    शुक्रवार, मंसिर ८ २०८००७:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij