Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भोलि अत्यावश्यक काम भएमात्रै घरबाहिर निस्कनु : ट्राफिक प्रहरी

भोलि अत्यावश्यक काम भएमात्रै घरबाहिर निस्कनु : ट्राफिक प्रहरी

  • बुधवार, मंसिर ६ २०८०

  • 3.0K
    SHARES

  • भोलि अत्यावश्यक काम भएमात्रै घरबाहिर निस्कनु : ट्राफिक प्रहरी

    काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै भोलि बिहीबार उपत्यकाका विभिन्न स्थानमा र्‍याली र जुलुस प्रदर्शनको कार्यक्रम रहेकाले अत्यावश्यक काममा मात्रै सवारी साधन लिएर निस्कन आग्रह गरेको छ ।

    ट्राफिक प्रहरी कार्यालयले भोली उपत्यका भर नै सवारी आवगमनमा असहजता श्रृजना हुनसक्ने भएकाले अत्यावश्यक काममा मात्र सवारी साधन लिएर निस्कन आग्रह गरेको हो ।

    ट्राफिकले सडकमा निस्कनु अगाडि १०० वा १०३ मा टेलिफोन गरेर वा ट्राफिक एफएम ९५।५ मेगाहर्ज सुनेर सडकको अवस्थाको जानकारी लिन समेत सूचित गराएको छ । तपाईंको सुरक्षा तथा ट्राफिक व्यवस्थापन गर्ने क्रममा ट्राफिक प्रहरीले सवारी साधन जुनसुकै ठाउँबाट पनि डाइभर्सन गर्न सक्ने हुँदा ट्राफिक प्रहरीलाई आवश्यक सहयोग गर्नहुन विनम्र अनुरोध गर्दछौं, सूचनामा भनिएको छ ।

    बिहीबार उपत्यकामा दुर्गा प्रसाईं समूह र एमालेको भातृ संगठन युवा संघको र्‍याली तथा जुलुसको कार्यक्रम रहेको छ । सो कार्यक्रमलाई लक्षित गरी यस अघि नै काठमाडौं तथा ललितपुर जिल्ला प्रशासन कार्यालयले विभिन्न स्थानलाई निषेधित क्षेत्र घोषणा समेत गरी सकेको छ ।


    बुधवार, मंसिर ६ २०८००४:१८:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij