काठमाडौं। चितवनको भरतपुरमा बोराभित्रै बाँधेको अबस्थामा दुईवटा शव फेला परेका छन्। भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग नजिकै सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको हो।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृतकको सनाखत हुन भने सकेको छैन।
चितवनका प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने शव फेला परेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिनुभयो ।