काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)ले फिल्म सेन्सर बोर्डलाई ४ बुँदे पत्र पठाउनु भएको छ। मेयर बालेनले बोर्डलाई आज नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका चारबुँदे सुझावसहितके पत्र लेख्नु भएको हो।
केन्द्रीय चलचित्र जाँच समितिका अध्यक्षलाई सम्बोधन गरि पठाइएको पत्रमा पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन पनि आग्रह गरिएको छ।
कुनै पनि जातजाति, वर्ण, समुदाय, लिंग तथा शारीरिक, मानसिक रुपमा फरक क्षमता भएका व्यक्तिको स्वाभिमानमा आँच आउने दृश्य तथा संवाद (हेट स्पिच)मा रोक लगाउन माग गर्दै यी विषयवस्तुलाई प्राथमिकतामा राख्न पनि उहाँको आग्रह छ।
सेन्सर बोर्डले चलचित्र जाँच समितिको कार्यविधि २०७४ कार्यान्वयनमा ल्याएको सन्दर्भमा मेयर साहले पत्र पठाउनु भएको हो।
कार्यविधिअनुसार प्रतिबन्धित चलचित्रका दृश्य तथा संवादसहितको चलचित्र प्रदर्शनमा आएको खण्डमा महानगरपालिकाले प्रचलित कानुन बमोजिम आवश्यक कदम चाल्ने उहाँको चेतावनी छ।
यस्तो छ मेयर बालेनले लेखेको पत्र:
