Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

दाङमा एकै घरका दाजुभाइ घरभित्रै मृत फेला

दाङमा एकै घरका दाजुभाइ घरभित्रै मृत फेला

  • मंगलवार, मंसिर ५ २०८०

  • 942
    SHARES

  • दाङमा एकै घरका दाजुभाइ घरभित्रै मृत फेला

    काठमाडौं। दाङको तुलसीपुरमा दुइ दाजुभाइ मृत अवस्थामा फेला परेका छन्।

    तुलसीपुर उपमहानगरपालिका वडा नं. १६ डोक्रेना घर भइ तुलसीपुर–६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ बर्षीय पूर्णबहादुर बस्नेत र उनका सहोदर भाइ ३० बर्षीय टेकबहादुर बस्नेत गएराती घरभित्रै मृत अवस्थामा फेला परेका हुन्।

    इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार घरबेटी नबस्ने घरमा बस्दै आएका उनिहरुमध्ये पूर्ण परिवारका साँइला र टेकबहादुर कान्छा सञ्तान हुन्।

    मृतकमध्ये कान्छा टेकबहादुरकी श्रीमतीले आफू रुकुम पश्चिमस्थित माइती गएको हुँदा त्यहाँबाट नफर्किँदासम्म ढोका नखोल्न आग्रह गरेको हुँदा प्रहरीले बाहिरबाटै सुरक्षा दिएर राखिरहेको छ।

    मृतककी श्रीमती आज दिउँसो आइपुग्ने र त्यसपछि मात्रै ढोका खोलिने प्रहरीले जानकारी दिएको छ। प्रारम्भिक अनुसन्धानबाट दाजुभाइले विषादी सेवन गरी आत्महत्या गरेको आशंका भइरहेको प्रहरीले बताएको छ।

     


    मंगलवार, मंसिर ५ २०८००८:१६:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij