Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

  • सोमवार, मंसिर ४ २०८०

  • 598
    SHARES

  • माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा

    काठमाडौं । आजदेखि एक महिनासम्म काठमाडौंको पुतलीसडकस्थित पद्मोदय मोडदेखि नयाँ बानेश्वरसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाइने भएको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक आदेश जारी गर्दै आजदेखि ३० दिनसम्म माइतीघरदेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गर्दै पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चारैतर्फ र माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पाँच जनाभन्दा बढी भेला हुन नपाउने सूचना जारी गरेको हो ।

    स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ (क) बमोजिम माइतीघर मण्डलादेखि बानेश्वरसम्म निषेधित क्षेत्र घोषणा गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले जारी गरेको आदेशमा भनिएको छ ।

    एक वा त्यसभन्दा बढी समूहले एकै मिति, समय र स्थानमा भेला भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रम आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुन सक्ने तथा हुलदंगा वा अशान्ति हुन सक्ने भन्दै यस्तो निर्णय गरिएको हो । यसले समग्र रुपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्नुका साथै निषेधित क्षेत्र तोकिएका सर्वसाधारण नागरिकको सेवा प्रवाहका लागि प्रयोग हुने मुख्य मार्ग एवं महत्वपूर्ण प्रतिष्ठानसमेत भएको जनाइएको छ ।

    त्यस क्षेत्रमा रहेका सार्वजनिक सेवा प्रदायक निकायको कामकारबाही सार्वजनिक सम्पत्ति संरक्षण एवं सुरक्षामा प्रत्यक्ष नकारात्मक असर पर्ने र अत्यावश्यक एम्बुलेन्स, दमकल तथा सार्वजनिक यातायात अवरुद्ध हुने अवस्थालाई मध्यनजर गरेर जिल्ला सुरक्षा समिति काठमाडौंको सिफारिससमेतका आधारमा प्रशासनले यो निर्णय गरेको हो ।


    सोमवार, मंसिर ४ २०८००७:३३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij