Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

टिकटक प्रतिबन्धसम्बधी रिट आज हेर्न नभ्याउनेमा

टिकटक प्रतिबन्धसम्बधी रिट आज हेर्न नभ्याउनेमा

  • सोमवार, मंसिर ४ २०८०

  • 415
    SHARES

  • टिकटक प्रतिबन्धसम्बधी रिट आज हेर्न नभ्याउनेमा

    काठमाडौं। टिकटक प्रतिबन्ध लगाउने सरकारको निणर्यविरुद्ध परेको रिटमाथि सोमबार सर्वोच्च अदालतमा सुनुवाइ नहुने भएको छ ।

    टिकटक प्रतिबन्धविरुद्ध परेको १० वटा रिट सोमबार न्यायाधीश कुमार चुडालको इजलासमा तोकिएको थियो ।

    तर उक्त रिट न्यायाधीश चुडालले हेर्न नभ्याउनेमा परेको छ । सोमबार नै न्यायाधीश चुडाल र नहकुल सुवेदीको संयुक्त इजलास पनि रहेकाले उनको एकल इजलासमा रहेका मुद्दाहरु हेर्न नभ्याइनेमा परेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए ।

    २७ चैतमा मन्त्रिपरिषद बैठकले टिकटक प्रतिबन्ध लगाउने निणर्य गरेको थियो । सरकारको उक्त निणर्य अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको भन्दै कानुन व्यवसायी र सरोकारवालाले सर्वोच्चमा गत शुक्रबार रिट दायर गरेका थिए ।

     


    सोमवार, मंसिर ४ २०८००१:३०:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij