Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रुकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते

रुकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते

  • सोमवार, मंसिर ४ २०८०

  • 416
    SHARES

  • रुकुम पश्चिममा जिप दुर्घटना : २२ जना घाइते

    काठमाडौं। रुकुम पश्चिममा जिप दुर्घटना हुँदा कम्तिमा २२ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५ जना घाइतेको अवस्था गम्भीर छ ।

    आज बिहान चौरजहारी नगरपालिकाको खोलागाउँदेखि सदरमुकाम मुसिकोट खलंगातर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप मध्यपहाडी लोकमार्ग अन्तर्गत चौरजहारी नगरपालिका-८ गैरीजिउला भन्ने स्थानमा दुर्घटना भएको हो ।

    जिप सडकबाट करिब २५० मिटर तल भेरी नदी किनारमा खसेको छ ।

    घाइतेहरुलाई उद्धार गरी चौरजहारीको मिसन अस्पतालमा लगिएको छ ।‘२२ जना घाइतेलाई अस्पताल पुर्याइसकिएको छ, उद्धार कार्य अहिले पनि जारी छ,’ प्रहरीले भनेको छ ।


    सोमवार, मंसिर ४ २०८००१:०७:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij