Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज छठ पर्वको मुख्य दिन,अस्ताउदो सुर्यलाई दिईयो अर्घ, छठघाटमा भक्तजनको घुईँचो,भोलि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सकिने(खासखबर)

आज छठ पर्वको मुख्य दिन,अस्ताउदो सुर्यलाई दिईयो अर्घ, छठघाटमा भक्तजनको घुईँचो,भोलि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सकिने(खासखबर)

  • आइतवार, मंसिर ३ २०८०

  • 527
    SHARES

  • आज छठ पर्वको मुख्य दिन,अस्ताउदो सुर्यलाई दिईयो अर्घ, छठघाटमा भक्तजनको घुईँचो,भोलि उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ सकिने(खासखबर)

    काठमाडौं। आज छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाउने क्रम जारी छ । आज अस्ताउँदो सूर्यको पूजा गरिएको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ दिन तराई–मधेसका सबै जिल्ला, काठमाडौं उपत्यका सहितका विभिन्न ठाउँका पोखरी लगायत जलासय किनारमा बनाइएका छठ घाटमा पूजासामग्री सहित भक्तजन पुगेका छन्। पूजा सामग्रीहरुले पोखरी किनार भरिएका छन्। छठ घाट विशेषरूपमा सजाइएको छ।

    श्रद्धापूर्वक मनाइने छठ पर्वका लागि ढाकी, नाङ्लो, कोनियाँ, डगरी, उखु, केरा, हल्दी, अदुवा, निम्बु, मूला, नरिवल, पान, सुपारीसहितका फलफूल तथा माटोका हाथी, ढकनी, घैला र नयाँ व्रतालुका लागि नयाँ कपडा, घाट सजाउनमा प्रयोग हुने लगायतका सामग्रीको प्रयोग गरिन्छ। व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बसेका थिए। आज साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गरेका छन् ।

    छठको दिन सूर्यलाई चढाउनका लागि बनाइएका सामग्रीहरू घाटमा लगेर पालैपालो पानीमा डुबाई सूर्य देवतालाई चढाउँछन्।
    भोलि उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पूजा सम्पन्न हुन्छ। केही व्रतालुहरू आज रातभर पानीमा बसेर सूर्य नउदाउन्जेलसम्म पूजा गर्दछन् भने कोही प्रसाद चढाएर पानीबाट निस्कन्छन्। मिथिलाञ्चलमा भव्य रुपमा मनाइने छठ पर्व अहिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मनाउन थालिएको छ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका अनुवाद विभागका प्रमुख प्रा.डा उषा ठाकुरले एक–अर्काको धर्म, भाषा र संस्कृतिलाई सम्मान गरेको र छठ पर्वलाई नेपालीले महान पर्वको रुपमा मान्ने गरेको बताउनुहुन्छ । छठ पर्वमा आराध्यदेव सूर्य र छठी मैयाको आराधान गरी पूजा गरिन्छ । यस हिसाबले छठ पर्व हाम्रो देशको लागि एकता, सौभाग्य र समानताको प्रतिक भएको उहाँको भनाइ छ ।

    विगतमा तराई–मधेश क्षेत्रमा मात्रै छठ पर्व मनाइने गरेको सम्झिदै उहाँ भन्नुहुन्छ, अहिले छठ पर्व राष्ट्रिय स्तरमा मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरमै यसको महिमा बढ्दै गइरहेको छ । जहाँ–जहाँ हिन्दू संस्कृति मान्ने मानिस हुनुहुन्छ त्यहाँ–त्यहाँ छठ पर्व धुमधामले मनाइने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार, सूर्य देवता हिन्दू परम्पराका अनुसार आराध्य देव हुनुहुन्छ । नेपाली प्रकृति र सूर्यको पूजक हौं ।

    आज जलाशय क्षेत्रमा रातभर भजन कीर्तन र नाचगान हुने गर्दछ। लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सांसद महन्थ ठाकुर छठको महत्व धेरै रहेको बताउनुहुन्छ । विशेषगरी तराई क्षेत्रमा मनाइने छठ पछिल्लो समय मुलुकका अन्य भेगमा पनि मनाउन थालिएको छ। पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छठ पर्वले सांस्कृतिक रुपमा सबैलाई एकतामा गाँस्न महत्वपुर्ण योगदान गरेको बताउनु हुन्छ ।

    राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर आज छठ पूजा गर्नुभएको छ। राष्ट्रपति पौडेलले आज अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको छ ।राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको थियो । छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ।

     


    आइतवार, मंसिर ३ २०८००८:३०:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij