Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरीमा छठ पूजा

राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरीमा छठ पूजा

  • आइतवार, मंसिर ३ २०८०

  • 610
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा गौरीघाट र कमलपोखरीमा छठ पूजा

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गर्नुभएको छ।

    राष्ट्रपति पौडेलले आज अस्ताउँदो सूर्यलाई अर्घ्यदान गर्नुभएको हो ।

    राष्ट्रपति पौडेलले सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिरअघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गर्नुभएको थियो ।

    त्यसपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर पूजा गरेको उहाँको सचिवालयले जनाएको छ।

    व्रतालुहरू आज पानीसमेत नखाइकन निराहार बसेका छन् । आज साँझपख नजिकैको पोखरी, तलाउ, इनार, कुवा जस्ता जलाशयमा गई अस्ताउँदो सूर्यको पूजा गरेकका छन् ।


    आइतवार, मंसिर ३ २०८००५:२३:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij