काठमाडौं। सरकारले टिकटकमाथी लगाएको प्रतिबन्धको विरोधमा आज काठमाडौँमा विरोध प्रदर्शन गरिएको छ। आज माइतीघर मण्डलामा दिउँसो टिकटक प्रयोगकर्ताहरूले प्रतिबन्ध फुकुवाको माग गर्दै प्रदर्शन गरेका हुन् ।
अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न, प्रधानमन्त्रीलाई तानाशाह नबन्न तथा सर्वोच्च अदालतलाई न्याय दिन माग गर्दै प्रदर्शनकारीहरुले बिरोध प्रदर्शन गरेका हुन् ।
सरकारको यो निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भइसकेको छ। रिट निवेदनहरूमाथि मङ्सिर ४ गते प्रारम्भिक सुनुवाइ हुने भएको छ।