Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

विपीन जोशीका बुबाआमाले भेटे परराष्ट्रमन्त्रीलाई

विपीन जोशीका बुबाआमाले भेटे परराष्ट्रमन्त्रीलाई

  • शनिवार, मंसिर २ २०८०

  • 672
    SHARES

  • विपीन जोशीका बुबाआमाले भेटे परराष्ट्रमन्त्रीलाई

    काठमाडौं।इजरायल र हमास समुहको युद्धमा परि विगत ४३ दिनदेखि विद्रोही हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीका बुबाआमाले परराष्ट्रमन्त्री एनपी साउदसँग भेट गर्नुभएको छ । मन्त्री साउदलाई आज महेन्द्रनगरमा भेटेर विपिनका बुबा महानन्द जोशी तथा आमा पद्मा जोशीले छोराको रिहाइका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ।

    भीमदत्त नगरपालिका–३ घर भएका विपिनका बुबाआमाले यसअघि कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीमार्फत मन्त्री साउदलाई ज्ञापनपत्र पठाउनुभएको थियो। भेटघाटका क्रममा मन्त्री साउदले विपिनको सकुशल रिहाइका लागि नेपाल सरकारले सक्दो पहल गरिरहेको बताउनु भयो।

    सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान सङ्कायमा अध्ययनरत जोशी ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत गएको भदौ २७ गते इजरायल जानुभएको थियो। सुदूरपश्चिम विश्व विद्यालयबाट उहाँसहित ४९ विद्यार्थी त्यहाँ गएका थिए।

    गएको असोज २० गते हमास समूहले इजरायलमाथि आक्रमण गर्दा १० नेपाली विद्यार्थीको ज्यान गएको थियो। विपिनलाई भने हमासले कब्जामा लिएको थियो। कब्जामा लिएयता उहाँको कुनै खबर प्राप्त हुन सकेको छैन।


    शनिवार, मंसिर २ २०८००३:११:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij