Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति

  • शनिवार, मंसिर २ २०८०

  • 852
    SHARES

  • धनगढीमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति
    काठमाडौं । धनगढीमा भीषण लागालागी भएको छ । गए राति १ बजे धनगढी उपमहानगरपालिका १ सारथि अस्पताल क्षेत्रमा आगलागी भएको हो । आगलागीले अस्पतालसहित आधा दर्जन पसलमा क्षति भएको प्रहरीले जनाएको छ ।
     
    जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक कुलदीप चन्दका अनुसार सुरुमा अस्पताल नजिक दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरको जुत्ता चप्पलको होलसेलको गोदाममा अचानक बिद्युत् तार सर्ट भई आगलागी भएको थियो। त्यहाँबाट सल्केको आगोले अन्य पसलमा क्षति भएको हो ।
     
    राति नै जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी उपरीक्षक देवेन्द्र बहादुर पालको कमान्डमा ४० जना प्रहरी, तेघरी ब्यारेक कैलालीबाट सेनानी बिपेन आचार्यको कमान्डमा २६ जना नेपाली सेना, सशस्त्र प्रहरी बल ३४ नम्बर गण हेडक्वार्टर कैलाली नैनादेवीबाट सहायक प्रहरी नायव उपरीक्षक खेमराज ठकुल्लाको कमान्डमा ३० जनाको टोली, स्थानीय, धनगढी उपमहानगरको २ वटा, गोदावरी नगरपालिकाको १ वटा, पुनर्वास नगरपालिकाको १ वटा गरी ४ वटा दमकल सहितको टोलीले आगो नियन्त्रणमा लिएको थियो । 
     
    आगलागीबाट सारथि अस्पताल र भण्डारी सुज सेन्टरसँग जोडिएका अन्य ८ वटा पसलमा समेत क्षति भएको छ । घटनामा मानवीय क्षति नभए पनि अन्य क्षतिको पूर्ण विवरण आइसकेको छैन । 
     
    आगलागी भएको पसल
     
    १. दल बहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोर एन्ड सु–सेन्टर (जुत्ता चप्पलको होलसेल  गोदाम)
     
    २. टेकेन्द्र शर्माले सञ्चालन गरेको मधुमाला देवी सप (बेवी सपको गोदाम)
     
    ३. वासुदेव भट्टले सञ्चालन गरेको भट्ट सपिङ सेन्टर (ब्याग हाउस)
     
    ४. जगत् बहादुर बलायरले सञ्चालन गरेको सुभिक्षादेवी सपिङ सेन्टर (कपडाको गोदाम)
     
    ५. शोदा साउदले सञ्चालन गरेको न्यु सदिक्षा ईन्टरप्राईजेजी (कपडा, जुत्ता, ब्यागको गोदाम)
     
    ६. गौरी भण्डारीले सञ्चालन गरेको भण्डारी सु –सेन्टर (जुत्ता चप्पलको गोदाम)
     
    ७. सारथि अस्पताल कैलाली 
     
    ८. जानकी भट्टले सञ्चालन गरेको भट्ट ट्रेडर्स एन्ड सप्लायर्स (ब्याग हाउस)


    शनिवार, मंसिर २ २०८००८:१९:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij