Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

प्रेस युनियनद्वारा १५ विभाग गठन, उपाध्यक्ष भण्डारीलाई विधागत पत्रकारिता विभाग प्रमुखको जिम्मेवारी

प्रेस युनियनद्वारा १५ विभाग गठन, उपाध्यक्ष भण्डारीलाई विधागत पत्रकारिता विभाग प्रमुखको जिम्मेवारी

  • शुक्रवार, मंसिर १ २०८०

  • 497
    SHARES

  • प्रेस युनियनद्वारा १५ विभाग गठन, उपाध्यक्ष भण्डारीलाई विधागत पत्रकारिता विभाग प्रमुखको जिम्मेवारी

    काठमाडौं।नेपाल प्रेस युनियनले १५ वटा विभाग गठन गरेको छ।प्रेस युनियनका अध्यक्ष शिव लम्सालले युनियनका पदाधिकारीलाई १५ विभागमा संयोजकको जिम्मेवारी तोकेका हुन्।प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम के.सी.ले अनुशासन विभाग, उपाध्यक्षहरु नकुल अर्यालले प्रशिक्षण, भीष्मराज ओझाले समन्वय, दिपेन्द्र बान्तवाले प्रकाशन तथा प्रचार, सलोजा दाहालले महिला विभागको जिम्मेवारी पाएका छन्।

    त्यसैगरी अनलाइन टीभी पत्रकार सङ्घको अध्यक्ष र नेपाली रेडियो नेटवर्कको समाचार निर्देशक समेत रहेका युनियनका उपाध्यक्ष जीवन भण्डारीलाई विधागत पत्रकारिता प्रवद्र्धन विभागको प्रमुख बनाइएको छ।

    त्यसैगरी अर्का उपाध्यक्ष माधव अर्यालले आचार संहिता कार्यान्वयन विभाग,ऋषिकान्त पौडेललाई प्रेस स्वतन्त्रता अनुगमन, डा.मुरारी अधिकारीलाई कानुन, राजेन्द्र कार्कीलाई ट्रेड युनियन प्रवद्र्धन,अनिल कुमार कर्णलाई पत्रकारिता अनुसन्धान, डिल्लीराम खतिवडालाई श्रमजीवी पत्रकार हकहित संरक्षण, प्रेम चुनारालाई दुर्गम तथा पिछडिएको क्षेत्रमा पत्रकारिता प्रवद्र्धन विभाग संयोजकको जिम्मेवारी तोकिएको छ।

    युनियनका महासचिव दिलीप पौडेललाई संगठन विभाग प्रमुख र कोषाध्यक्ष माधव धिताललाई आर्थिक विभाग संयोजकको जिम्मेवारी दिइएको छ। विभागका संयोजकहरूले युनियनको विधानको परिधिमा रहेर पत्रकार र पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास, संगठनको मूल्य–मान्यता र आदर्शलाई आत्मसात् गर्दै काम गर्ने विश्वास लिएको युनियनका अध्यक्ष लम्सालले बताए।विभागको विस्तार क्रमशः गर्दै लैजाने युनियनका महासचिव दिलीप पौडेलले जानकारी दिए।


    शुक्रवार, मंसिर १ २०८००८:३५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij