Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सूर्य देवको उपासना गर्दै मनाइने छठको रौनक शुरु, तराईका जिल्लामा झिलिमिली, सूर्यको ताप शरिरमा प्रवाह गरी आरोग्यता प्राप्त गर्ने पर्व(खासखबर)

सूर्य देवको उपासना गर्दै मनाइने छठको रौनक शुरु, तराईका जिल्लामा झिलिमिली, सूर्यको ताप शरिरमा प्रवाह गरी आरोग्यता प्राप्त गर्ने पर्व(खासखबर)

  • शुक्रवार, मंसिर १ २०८०

  • 540
    SHARES

  • सूर्य देवको उपासना गर्दै मनाइने छठको रौनक शुरु, तराईका जिल्लामा झिलिमिली, सूर्यको ताप शरिरमा प्रवाह गरी आरोग्यता प्राप्त गर्ने पर्व(खासखबर)

    काठमाडौं। सूर्य देवको उपासना गर्दै मनाइने आस्थाको पर्व छठको रौनक शुरु भएको छ। शनिबारबाट विधिवत रुपमा प्रारम्भ हुने छठको आज नहाय खाय विधि गरिएको छ। छठ पर्वको सुरुवातसँगै यतिबेला छठका धुनले जनकपुरधाम लगायत मिथिला क्षेत्रका जलाशय, गाउँ, टोल, घर र गल्ली गुञ्जाएमान भएका छन् भने अधिकांश घरहरुमा झिलीमिली रङ्गीचङ्गी बत्तीहरु लगाइएको छ।

    कार्तिक शुक्ल चतुर्थीदेखि कार्तिक शुक्ल सप्तमी तीन दिनसम्म निष्ठापूर्वक विभिन्न विधि गर्दै मनाइने छठ पर्व नहाय खाय (नुहाएर शुद्ध शाकाहारी भोजन खाने)भोलिपल्ट खरनाको विधि गर्दै विधिवत् प्रारम्भ हुने छठका लागि तराईका विभिन्न जिल्लाका पोखरीका घाटहरु सजाइएका छन् ।

    आफ्नो परिवारको सुख, शान्ति र दीर्घायुको कामनासहित सूर्यदेवको उपासना गर्दै तीन दिनसम्म छठ मनाइन्छ। पर्साको घरिअर्वा छठ व्यवस्थापन समितिका अध्यक्ष दिलिप साह कानुका अनुसार महिलाहरु निरहार उपवास बसेर सन्तान प्राप्ति र श्रीमानको दिर्घायूको कामना गर्दछन्। उदाउँदो र अस्ताउँदो सूर्यलाई अघ्र्य दिने प्रचलन पनि रहेको छ।

    छठ व्रतालुहरुले कार्तिक शुक्ल चतुर्थीको दिन नहाय खाय (नुहाएर शुद्ध शाकाहारी) खाना खाने चलन छ भने त्यसको एक दिन पूर्व अरवा अरवाइन(धार्मिक अनुष्ठानका लागि अशुद्ध मानिएका खाद्यवस्तु खान छाडेर)शुद्ध शाकाहरी खाएर बर्तालुले छठको तयारी गर्ने चलन छ। छठ व्रत बस्ने महिलाहरुका लागि नहाय खाय गरेपछि छठ पर्व विधिवत् सुरु भएको मानिन्छ। स्थानीय युवा सन्तोष महतोका अनुसार छठको ठूलो महिमा रहेकोले सरसफाईसहित भव्य तयारी गरिएको छ।

    पर्वको मुख्य दिन षष्ठी तिथिमा निराहार व्रत बसेर साँझ पवित्र जलाशयमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ। कार्तिक शुक्ल पक्षको छैठौँ दिनमा मनाइने यो पर्वले सूर्यको शक्तिलाई मानिसमा प्रवाह गर्ने हुँदा आरोग्यता प्राप्त हुने छठ सम्बन्धि जानकार आनन्द गुप्ताको भनाइ छ।

    षष्ठी तिथिका दिन साँझ ‘सझुका अरख’दिएसँगै सप्तमीका दिन बिहान‘भोरका अरख’दिउञ्जेल वर्तालुले सूर्यको महत्व र ‘छठी माई’को पुकार गर्दै गीत गाएर यो पर्व मनाउँछन्। गुप्ताका अनुसार यो पर्वमा छोरीको जन्म होस् भनी छठीमैयाँ सामू पूकार पनि गरिन्छ।

    सूर्यको उपासनाले सन्तान सुुख र रोगव्याधि नलाग्ने हिन्दु मैथिल जनविश्वास छ। यस पर्वमा भगवान् सूर्यसँगै माताका रुपमा आराधना गरिने षष्ठी तिथिको महत्वमा छठका गीत गाइने हुनाले पर्वको नाम नै ‘छठ’ भनिएको हो।


    शुक्रवार, मंसिर १ २०८००८:२७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij