Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आकाशलाई पक्राउ गर्न प्रहरीद्वारा गोली फायर

आकाशलाई पक्राउ गर्न प्रहरीद्वारा गोली फायर

  • शुक्रवार, मंसिर १ २०८०

  • 3.6K
    SHARES

  • आकाशलाई पक्राउ गर्न प्रहरीद्वारा गोली फायर

    काठमाडौं । बाँकेको जानकी गाउँपालिका ४ मा प्रहरीले गोली चलाएर एक जनालाई पक्राउ गरेको छ ।

    बाँकेको कोहलपुर नगरपालिका–११ का ३० वर्षीय आकाश रानालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको हो । रानाको खुट्टामा एक राउण्ड गोली लागेको र उनी खतरामुक्त रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

    तिहारको टीकाको दिन कोहलपुरमा मिनबहादुर विकलाई खुकरी प्रहार गरी गम्भीर घाइते बनाएर भागेका उनलाई प्रहरीले खोजीरहेको थियो । सोही क्रममा जानकी गाउँपालिकामा लुकेर बसेको सूचना पाएपछि प्रहरी उनलाई नियन्त्रणमा लिन पुगेको थियो । उनी भागेपछि प्रहरीले एक राउण्ड गोली चलाएको हो ।

    ‘उसलाई पक्राउ गर्न लखेट्ने क्रममा गोली चलाउनु परेको हो,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी नारायण डाँगीले भन्नुभयो ।

    आकाश राना लागुऔषध मुद्दामा ५ वर्ष जेल बसेर छुटेका थिए । उनीविरुद्ध गत कात्तिक २८ गते एक १० वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको उजुरीसमेत प्रहरीमा परेको छ ।

    उनले तिहारको टीकाको दिन राति ३ बजेतिर कोहलपुरमा मिनबहादुर विकलाई खुकरी हानेर घाइते बनाएका थिए । मिनबहादुरको उपचार नेपालगञ्जमा हुन नसकेपछि भारतको लखनउ लगिएको छ ।


    शुक्रवार, मंसिर १ २०८००२:१४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij