Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

कारागारमा रहेका एक जना थुनुवाको मृत्यु

कारागारमा रहेका एक जना थुनुवाको मृत्यु

  • बिहिवार, कार्तिक ३० २०८०

  • 1.2K
    SHARES

  • कारागारमा रहेका एक जना थुनुवाको मृत्यु

    काठमाडौं । कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको छ। सिन्धुली कारागारमा रहेका एक जना थुनुवाको मृत्यु भएको हो ।

    दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापामगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएसपी चिरञ्जीवी दाहालले जानकारी दिनुभभको छ ।

    बुधबार राति कारागारमै तिहार मनाएर देउसी खेलिसकेपछि खाना खाएर सुतेका विमल बिहीबार बिहान साढे ३ बजे बेहोस अवस्थामा भेटिएको डीएसपी दाहालले बताउनुभयो।

    बेहोस अवस्थामा भेटिएपछि उनलाई सिन्धुली जिल्ला अस्पतालमा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

    विमलको मृत्युको कारण खुलेको छैन । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमै राखिएको छ ।

     


    बिहिवार, कार्तिक ३० २०८०१२:५२:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij