काठमाडौं । देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले भनेको छ ।हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ ।
पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहे पनि उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
आगामी तीन दिनसम्म कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।