Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाउनुभयो भाइटिका

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाउनुभयो भाइटिका

  • बुधवार, कार्तिक २९ २०८०

  • 626
    SHARES

  • राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाउनुभयो भाइटिका

    काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट भाइटिका लगाउनु भएको छ।

    राष्ट्रपति पौडेलले बुधबार बिहान १० बजेर ५१ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको उहाँको स्वकीय सचिवालयले जनाएको छ ।

    नेपाल पञ्चांग निणर्ायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बुधबार बिहान १० बजेर ५१ मिनेटका लागि तय गरेको थियो ।

    भाइटीकाको उत्तम साइत बिहान १०ः५१ बजे भए पनि दिनभर नै टीका लगाउन सकिने समितिले जनाएको छ ।

    शनिबार काग तिहार, आइतबार कुकुर तिहार र लक्ष्मी पूजा, सोमबार गाई पूजा, मंगलबार गोवर्द्धन पूजा/म्ह पूजा गरी तिहार मनाइएको छ ।

    यमपञ्चकको अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई टीका लगाउने गरिन्छ ।

    टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिइ सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।


    बुधवार, कार्तिक २९ २०८०१२:४४:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij