Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत,बली,गोरु र हलीको पूजाआजा गरी मनाइयो,कृषि कर्ममा पौराणिक महत्व(खासखबर)

यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत,बली,गोरु र हलीको पूजाआजा गरी मनाइयो,कृषि कर्ममा पौराणिक महत्व(खासखबर)

  • मंगलवार, कार्तिक २८ २०८०

  • 645
    SHARES

  • यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत,बली,गोरु र हलीको पूजाआजा गरी मनाइयो,कृषि कर्ममा पौराणिक महत्व(खासखबर)

    काठमाडौं। यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत,बली, गोरु र हलीको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ। आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ।

    द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको संस्कृतिविद् माधव भट्टराईको भनाइ छ। पर्वतको पूजा नगरे बर्षा नहुने बताउँदै उहाँले पहाडप्रति उच्च सम्मान राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

    भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मृत्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ। यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो।

    वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ। गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष एवं वरिष्ठ संस्कृतिविद् प्राडा रामचन्द्र गौतमले गोरु र मानिसको अन्योन्यास्त्रित सम्बन्ध रहेको बताउनुभयो। अहिले पनि गोरुको महत्व उच्च रहेको उहाँको भनाइ छ।

    संस्कृतिविद् अच्युत पौडेल चिन्तनका अनुसार एकदिन गोरुको पूजा गरेर मात्रै उनीहरुमाथि सम्मान नहुने बताउनुभयो। पछिल्लो समय गाईगोरु प्रति अपहेलना बढेको संकेत गर्दै उहाँले नयाँ अवधारणाको सिर्जना गर्नुपर्ने बताउनुभयो। वर्षभरी गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ। कृषिप्रधान देश नेपालमा गाईगोरुको पौराणिक महत्व रहेकोले उनीहरुको रक्षा गर्नु धर्म हो ।


    मंगलवार, कार्तिक २८ २०८००८:२५:५५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij