Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्छ : मन्त्री किराँती

जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्छ : मन्त्री किराँती

  • मंगलवार, कार्तिक २८ २०८०

  • 1.2K
    SHARES

  • जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्छ : मन्त्री किराँती

    काठमाडौं । संस्कति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाली पर्व र जात्राहरुलाई विश्वस्तरमा चिनाउन सक्नुपर्ने बताउनु भएको छ।

    आज भक्तपुरमा नेपाल संवत ११४४ र नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाको प्रतिमामा माल्यार्पण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले नेपालमा हजारौं हुने जात्राहरुलाई महोत्सवको रुपमा सञ्चालन गरी विश्वभरबाट पर्यटक तान्नुपर्ने बताउनुभयो ।

    ‘नेपालमा हजारौं जात्रा हुन्छन्, ती जात्राहरुलाई हामीले विश्वस्तरमा पु¥याउन सक्नुपर्छ । हामीले त्यस्ता जात्रालाई महोत्सवका रुपमा सञ्चालन गर्नुपर्छ’, उहाँको भनाई छ ।

    मन्त्री किरातीले नेपाली पर्यटन प्रकृति र संस्कृतिको समायोजनबाट स्थानीय स्वाद र स्वामित्व सहितको हुनुपर्ने धारणा राख्नुभयो ।

     


    मंगलवार, कार्तिक २८ २०८०१२:४७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij