Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा 

यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा 

  • मंगलवार, कार्तिक २८ २०८०

  • 731
    SHARES

  • यमपञ्चकको चौथो दिन आज गोवर्द्धन पूजा 
    काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।  
     
    कार्तिक शुक्ल प्रतिपदाका दिन गोवर्द्धन पर्वत, बली, गोरु र हलीको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ । 
     
    द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवर्द्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा.डा. देवमणि भट्टराई बताउनुहुन्छ। 
     
    गोवर्द्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल  पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले बताउनुभयो । 
     
    बली, हली एवम् गोरु पूजा
    भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरूप पूजा आराधना गरिन्छ । यसै कारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो ।
     
    वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रुपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी वर्षभर गोरु जोत्ने हली एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ ।
     
    यसैले आजको दिनलाई हली तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।


    मंगलवार, कार्तिक २८ २०८००६:२८:२४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij