Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

यमपञ्चकको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइयो, गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिकै प्रचलन, गाईमा ३३ कोटी देवताको बास हुन्छ भन्ने मान्यता(खासखबर)

यमपञ्चकको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइयो, गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिकै प्रचलन, गाईमा ३३ कोटी देवताको बास हुन्छ भन्ने मान्यता(खासखबर)

  • सोमवार, कार्तिक २७ २०८०

  • 473
    SHARES

  • यमपञ्चकको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइयो, गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातनकालदेखिकै प्रचलन, गाईमा ३३ कोटी देवताको बास हुन्छ भन्ने मान्यता(खासखबर)

    काठमाडौं। कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकोले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।

    स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । संस्कृतिविद् अच्युत पौडेलका अनुसार गाईको सम्मान गर्दा राष्ट्रलाई फाइदा हुने गरेको भएपनि पछिल्लो समय गाईप्रतिको मोह कम हुँदै जाँदा अनिष्ट देखिदै गएको छ । गाईको शरीरका हरेक भागमा शक्तिको बास हुने उहाँको भनाइ छ ।

    गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरूमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ ।

    पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ । गाईलाई गौमाताका रूपमा सम्मान पनि गरिन्छ । संस्कृति अध्येता प्राडा विणा पौडेलका अनुसार वैदिककालमा आर्यहरुले गाईलाई मान्यता नदिएको भएपनि जब मानिसहरु कृषि कर्ममा लागे त्यहाँदेखि गाईको महत्व बढ्दै गएको पाइन्छ । गाईको शरीरमा ३३ कोटी देवताको बास हुन्छ भन्ने शास्त्रीय मान्यता पनि रहीआएको छ ।

    गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वाससमेत रहेको छ । पछिल्लो समय गाईवस्तुमाथि अत्याचार बढ्दै गएको भन्दै हिन्दु धर्मावलम्बीहरुले विरोध गर्दै आएका छन् । सामाजिक सद्भाव खल्बल्याउने गिरोहप्रति राज्यले कडा निगरानी गर्दै संविधानले संरक्षित गरेका वस्तुभाउमाथि अन्याय गर्नेलाई कानूनी दायरामा ल्याउन आवश्यक छ ।


    सोमवार, कार्तिक २७ २०८००८:०६:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij