Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

रोल्पा अस्पतालमा अत्याधुनिक भवनबाट सेवा सञ्चालन सुरु

रोल्पा अस्पतालमा अत्याधुनिक भवनबाट सेवा सञ्चालन सुरु

  • सोमवार, कार्तिक २७ २०८०

  • 912
    SHARES

  • रोल्पा अस्पतालमा अत्याधुनिक भवनबाट सेवा सञ्चालन सुरु

    काठमाडौं।सुर्य प्रकाश बुढा,रोल्पा अस्पतालमा ५० शैयाको अत्याधुनिक भवनबाट सेवा सञ्चालन सुरु गरिएको छ।२४ कार्तिक शुक्रबारका दिन सम्मानित प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले उद्घाटन गरेसँगै अत्याधुनिक सेवा सुरु गरिएको रोल्पा अस्पतालले जानकारी दिएको छ।एक महिना अगाडि देखि नवनिर्मित अत्याधुनिक भवनबाट सेवा सञ्चालन गरिएको रोल्पा अस्पताल रेउघाका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर लोकरत्न ज्ञवालीले जानकारी दिनु भयो ।

    हामीले पहिल्यै भवन उद्घाटन गरेर सेवा विस्तार गर्ने योजना बनाएका थियौँ तर सम्मानित प्रधानमन्त्री ज्यु नै आएर उद्घाटन गर्नुभयो–ज्ञवालीले भन्नुभयो ।तर हामीले आम नागरिकको समस्यालाई मध्यनजर राखी करिब १ महिना अगाडि देखि सेवा दिदैँ आएका छौँ शुक्रबारदेखि औपचारिक रूपमा सेवा सञ्चालन गरिएको छ–ज्ञवालीले भन्नुभयो।

    रोल्पा अस्पताल भवनको ५० शैयाको अत्याधुनिक भवनको शुक्रबार रिबन काँटेर उद्घाटन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले भन्नुभएको थियो।रोल्पा अस्पतालको आधुनिक भवन निर्माणको हिसाबले आफूले अवलोकन गरेको र सरर घुमेर हेर्दा भवन निर्माण कार्यको दृष्टिकोणले निकै उत्साहबर्दक रहेको प्रतिक्रिया दिनु भयो ।

    यहाँ विशेषज्ञ सेवा दिने कुरामा पनि निस्सै पनि कुरा राखीसक्नु भएको छ–प्रधानमन्त्री(प्रचण्ड)ले भन्नुभएको थियो। तर जनशक्तिको अभावसँगै अन्य स्रोत साधनको पनि अभाव रहेको कुरा आफूलाई जानकारी भएको छ–उहाँले भन्नुभयो। मैले नेपाल सरकारको तर्फबाट शुक्रबार रोल्पाबाट काठमाडौ फर्किएर स्वास्थ्य मन्त्रालयसँग गम्भीर छलफल गरेर रोल्पा जिल्ला अस्पतालको लागि आवश्यक जनशक्ति आपूर्तिको निम्ति पह्ल गर्ने प्रतिबद्धता पनि तपाईंहरुलाई विश्वास दिलाउन चाहन्छु–प्रधानमन्त्री(प्रचण्ड)ले भन्नुभयो ।

    १)रोल्पा अस्पतालको स्थापना
    यस अस्पताललाई विगत देखि अहिलेसम्म नियालेर हेर्दा वि.सं.२०४५ सालमा हेल्थ सेन्टरको रूपमा स्थापना भइ सामान्य स्वास्थ्य उपचार सेवा सुरु गरी स्थापना भएको रोल्पा अस्पतालको सुरुवाती चरण संघर्ष पूर्ण रहेको देखिन्छ। नेपाल सरकारबाट वि.सं.२०५८ सालमा १५ शैया अस्पतालको रूपमा स्वीकृत भइ स्व माबदण्ड अनुसार अस्पतालले सेवा दिदै आएको देखिन्छ भने विगत ८ बर्ष २०७७/०७८ साल देखि लुम्बिनी प्रदेश सरकारद्वारा स्वीकृत ५० शैयाको प्रदेश माहतको सरकारी अस्पतालको रूपमा स्थापित भएको मानिन्छ।

    २)रोल्पा अस्पतालको नवनिर्मित भवनको निर्माण विवरण
    रोल्पा अस्पताल भवन निर्माण कार्य मिति २०७४ असोज ३० गते सुरुभई मिति २०७७ असोज २९ गतेसम्म सम्पन्न गर्ने गरी निर्माण व्यावसायी आशिष÷श्री जयन्ती ड्रयागन जेभी काठमाडौ र सहरी सघन तथा भवन निर्माण आयोजना,घोराही,दाङबीच दुई पक्षीय सम्झौता भएको थियो।

    कोभिड–१९ तथा विविध कारण बस भवन समयमै निर्माण हुन नसकी मिति २०८० असार १५ गते सम्पन्न गर्नुपर्ने गरी म्याद थप भई सम्बन्धित सप्लायर्सबाट मिति २०८० जेठ ३२ गते सम्पन्न भएको जानकारी भए पनि विविध अस्पतालको आवश्यकता अनुसारका पूर्ण नभएका निमार्ण कार्यहरू निर्माण पश्चात् मिति २०८० भदौ १० गते अस्पताल विकास समिति रोल्पालाई हस्तान्तरण गरिएको थियो।

    नवनिर्मित भवन निर्माणका लागि सम्झौता रकम रु.३७ करोड ४२ लाख ५१ हजार ९ सय ८७.३२ थियो। सम्पन्न भवनको कुल लागत रु.३५ करोड १९ लाख ५७ हजार ३ सय ७४.८५ रहेको छ।आम सरोकारवालाको सहयोग,समन्वय र सहजीकरणले मुख्य तीन तले भवन संरचना,४ परिवारको लागि स्टाफ क्वाटर,Mortuary Block,CSSD Block,Canteen Block,Guard House,Generator House को निर्माण सम्पन्न भई सेवा प्रवाह सुरु भएको छ।

    ३)रोल्पा अस्पतालबाट प्रदान हुने सेवाहहरु
    २४ सै घण्टा इमर्जेन्सी सेवा,वहिरंग सेवा,अन्तरंग सेवा,सुरक्षित मातृत्वसँग सम्बन्धित सम्पूर्ण सेवाहरु,प्रयोगशाला सेवा,एक्सरे सेवा,USG सेवा,मेडिको लिगल सेवा,दन्तरोग उपचार सेवा,आँखा उपचार सेवा,फिजियोथेरापी सेवा,२४ सै घण्टा फार्मेसी सेवा,मातृ तथा शिशु सुरक्षा सेवा,ओ.सी.एम.सी सेवा,सामाजिक सुरक्षा तथा जेष्ठ नागरिक स्वास्थ्य सेवा,दम तथा ब्रोङकाइटिस उपचार सेवा,औलो रोग उपचार सेवा,क्षयरोग उपचार सेवा,एच.आई.भी एड्स तथा यौनरोग उपचार तथा ए.आर.टी सेवा,स्वास्थ्य बिमा सेवा,रक्त संचार सेवा र आइसोलेशन सेवा लगायत थप अन्य सेवाहरु रहेका छन।

    ४)रोल्पा अस्पतालबाट लाभान्वित हुने संख्या
    रोल्पा जिल्लाका स्थानीय तहहरु १ नगरपालिका र ९ वटा गाउँपालिकाका करिब ७२ वडाका आम नागरिकहरुले सेवा लिन आउने गरेका छन।वि.सं.२०७८ सालको जनगणना अनुसार रोल्पा जिल्लामा २ लाख ३४ हजार ७ सय ९३ जना रहेका छन।रोल्पा जिल्लानै लाभान्वित हुने अपेक्षा लिइएको छ।

    ५)रोल्पा अस्पतालको जनशक्ति र समस्या
    यश अस्पतालमा चिकित्सक,स्वास्थ्यकर्मी तथा अन्य प्रशासनिक कर्मचारी गरी ६० जनाको स्थायी दरबन्दी सिर्जना गरिएको छ।जसमा १ जना एघारौं तहको अस्पताल प्रमुख,१० जना विशेषज्ञ चिकित्सक,७ जना मेडिकल अधिकृत लगायत अन्य कर्मचारी स्वास्थ्यकर्मी तथा कर्मचारीको स्वीकृत रहेको छ। यस्तो दरबन्दी संरचना हुँदा पनि हालसम्म १ जना याम.बि.सी.पी र ४ जना मेडिकल अधिकृतले मात्र चिकित्सकीय सेवा प्रदान गरी रहेको अवस्था छ।अस्पताल विकास समिति तर्फ सेवा करार कार्यक्रम अन्तर्गत दरबन्दी करार सेवा गरि कुल ८४ जना प्राविधिक तथा प्रशासनिक कर्मचारी अस्पतालमा कार्यरत छन्।

    सामान्य भौतिक संरचनाबाट रोल्पाली जनतालाई सेवा दिने ध्येयले स्थापना भएको अस्पताल नेपाल सरकार,प्रदेश सरकार तथा सम्पूर्ण सरकारवालाहरुको योगदानले यो सुविधा सम्पन्न भौतिक संरचनाबाट गुणस्तरीय स्वास्थ्य सेवा दिने अवस्थामा पुगेको छ। विगत भूगोलमा अवस्थित रोल्पा अस्पताल रोल्पा जिल्लाहरुको सबै स्थानीय तहहरुबाट ड्रेसर भएर बिरामीहरु आउने अस्पताल रहेको छ। उपलब्ध स्रोत, साधन,जनशक्तिको अधिकतम स्वास्थ्य सेवाहरु दिई आमनागरिकहरुलाई सरकारको उपस्तिथ भएको अनुभूति दिलाएको छ।

    ६)यस रोल्पा अस्पतालको भावी योजना तथा कार्यक्रमहरु
    उपलब्ध सेवा विस्तारमा विशेषज्ञ सेवाको सुनिश्चितता गर्ने,स्वास्थ्य सेवामा सर्वसुलभ पहुँच विस्तारका लागि स्थानीय तहसँग पैरवी तथा सहकार्य गर्ने,अत्याधुनिक औजार तथा नविनतम प्रविधियुक्त निदानात्मक सेवा विस्तार गर्ने र नविनतम सूचना प्रविधिको प्रयोग गरी सूचना प्रविधिमैत्री अस्पताल तथा ब्यवस्थित स्मार्ट कार्य गर्ने रहेका छन।

    ७)रोल्पा अस्पतालले नेपाल सरकारबाट गरेका केही अपेक्षाहरु
    जस मध्ये विशेषज्ञ चिकित्सकहरुबाट निरन्तर रोल्पाली जनतालाई सेवा दिन इच्छा,चाहना हुने गरी नीतिगत रुपमै विशेषज्ञ चिकित्सकहरुलाई थप प्रोत्साहनको व्यवस्था हुनुपर्ने रहेको छ।अत्याधुनिक औजार उपकरण सहितको विशेषज्ञ स्वास्थ्य सेवा सहिदको विस्तारका साथै दरबन्दी अनुसार चिकित्सकहरुको पूर्णता हुनुपर्ने।चिकित्सक,नयाँ नर्स र अन्य स्टाफहरुको अनुपात नमिल्ने भएकाले विध्यामान दरबन्दी संरचनामा परिमार्जित हुनुपर्ने रहेको छ।रोल्पा अस्पताल भवन बनेको उत्तरी भागमा उच्च पहिरोको जोखिम भएकोले भवन संरक्षण गर्न नदीको सतह देखि सुरक्षित पर्खालको व्यवस्था हुनुपर्ने रहेको छ।

    चिकित्सक,नर्स स्वास्थ्यकर्मीहरु २४ सै घण्टा सेवा प्रदान गर्न सहजताका लागि स्टाफ बासको अभाव भएकाले निर्माण हुनुपर्ने रहेको छ। २४ सै घण्टा विद्युत आपूर्ति हुने भएकोले त्यसको व्यवस्था र सहजताका लागि अस्पतालको सबै उपकरण सञ्चालन गर्नका लागि सौर्यउर्जा र जेनेरेटर जडान गर्नुपर्ने रहेको छ।जिल्ला भरका सेवा ग्राहीको स्वास्थ्य स्थिति विस्तार तथा उपचारात्मक,निरानात्मक तथा शल्यक्रिया सहितको स्वास्थ्य उपचार शिविर मार्फत दूर दराजका जनता लाभान्वित हुने गरी कम्तीमा बर्षमा २ पटक सञ्चालन हुने गरी स्वास्थ्यका आवश्यक स्रोत,साधन र जनशक्तिको व्यवस्था हुनुपर्ने रहेको छ।

    रोल्पा अस्पताल विकास समितिको अध्यक्ष पदमा शेर बहादुर थापालाई कार्तिक २४ गते शुक्रबारका दिन रोल्पा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गरिएको हो। अस्पताल विकास समिति(गठन तथा सञ्चालन) नियमावली,२०८० को नियम ३ को उपनियम (१) को खण्ड (क) बमोजिम स्वास्थ्य मन्त्रालयको मिति २०८० कार्तिक २३ गतेको निर्णयानुसार(माननीय कार्यबाहक मुख्यमन्त्री तथा अर्थमन्त्री धन बहादुर मास्कीले रोल्पा अस्पताल विकास समितिको अध्यक्ष पदमा मनोनयन गर्नु भएको थियो।

    अध्यक्ष थापाले भन्नु भएको छ“जिल्ला अस्पताल रोल्पाको भौतिक संरचना निर्माणले सामान्यतया पूर्णता प्राप्त भएको छ–उनले भने।अबको पाटो विशेषज्ञ सहितको जनशक्ति,इकुकमेन,आन्तरिक व्यवस्थापन,अस्पताल भित्र भएका सेवा प्रवाहमा भएका ग्याबका कुरा,समस्या समाधान र चिकित्सकीय औजारयुक्त अस्पताल बनाउनु छ।यसका लागि मेरो पर्यत्न रह्ने छ भने शुभेच्छा प्रकट गर्ने र सहयोग गर्ने सबैजनाले ५० शैया अस्पताल पूर्ण क्षमताको सञ्चालन गर्न सबै पक्षको साथ र सहयोगको अपेक्षा समेत अध्यक्ष थापाले गर्नु भएको छ।

    यहाँको कार्यकालमा उक्त अस्पतालबाट प्रदान हुने सेवा विस्तार र गुणस्तर अभिवृद्धि हुने अपेक्षा लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले लिएको छ।जनशक्तिको अभावको समस्यालाई समाधान गरी दुर्गम जिल्लामा अवस्थित रोल्पामा गुणस्तरीय सेवा प्रदान गर्न सकेमा साच्चिकै अत्याधुनिक भौतिक संरचना निर्माण भएको सार्थकताको महशुस हुनेछ।नेपाल सरकार,प्रदेश सरकार तथा स्थानीय तह लगायत अन्य सरकारवाला सबैको सहयोग,समन्वय र सहकार्य भयो भने गुणस्तरीय सेवा विस्तार गरि सर्वसुलभ बनाउन सकिने रोल्पा अस्पतालले विश्वास लिएको छ।

    370083774_1359413727993775_4139558675319516343_n.jpg

    399751865_352819313990999_768112280706233821_n.jpg



    सोमवार, कार्तिक २७ २०८००३:५६:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij