Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

आईपिएल : दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

आईपिएल : दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

  • सोमवार, आश्विन २६ २०७७

  • 980
    SHARES

  • आईपिएल : दिल्लीलाई ५ विकेटले हराउँदै मुम्बई शीर्ष स्थानमा

    एजेन्सी । युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) टी(ट्वान्टी क्रिकेटमा साविक विजेता मुम्बई इन्डियन्सले पाँचौ जित निकालेको छ ।

    अबुधाबीमा आइतबार राति नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बईले पाँचौं जित निकालेको हो ।

    शेख जायद क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य मुम्बईले १९ ओभर ४ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
    मुम्बईको जितमा क्विनटन डी कक र सूर्यकुमार यादबले अर्धशतकीय इनिङ्स खेले । दुबै खेलाडी समान ५३ रन बनाएर आउट भए ।

    यस्तै इशान किशनले २८ रन जोड्दा कप्तान रोहित शर्मा ५ रनमा आउट भए । कुर्नाल पाण्डय १२ रनमा अविजित रहदा केइरन पोलार्ड ११ रनमा अविजित रहे ।

    दिल्लीका कागिसो राबडाले २ विकेट लिए । अक्षर पटेल, रविचन्द्र आश्विन र मार्कुस स्टोनिसले समान १ र १ विकेट लिए ।यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको थियो ।

    दिल्लीका लागि शिखर धवनले अविजित रहदै ६९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान श्रेयस आयरले ४२ रन बनाए ।
    अजिन्का रहने १५ रनमा आउट हुँदा मार्कुस स्टोनिस १३ रन जोड्दा आउट भए । एलेक्स केरी १४ रनमा अविजित रहे ।

    मुम्बईका हार्दिक पाण्डयले २ तथा ट्रेन्ट बोल्टले १ विकेट लिए ।जितसँगै मुम्बई तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले ७ खेलमा ५ जितसहित १० अंक जोडेको छ । दिल्लीको यो दोस्रो हार हो । दोस्रो स्थानमा रहेको दिल्लीले ७ खेलमा १० अंक जोडेको छ ।


    सोमवार, आश्विन २६ २०७७०६:३८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij