Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

आज तिहारको दोस्रो दिन, लक्ष्मीपूजा गरिँदै

आज तिहारको दोस्रो दिन, लक्ष्मीपूजा गरिँदै

  • आइतवार, कार्तिक २६ २०८०

  • 499
    SHARES

  • आज तिहारको दोस्रो दिन,  लक्ष्मीपूजा गरिँदै

    काठमाडौं । आज तिहारको दोस्रो दिन । दुईवटा तिथिका कारण आइतबार बिहान कुकुरतिहार मनाइँदै छ भने साँझ लक्ष्मीपूजा गरिँदैछ ।

    पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएअनुसार आज दिउँसो २ बजेर १४ मिनेटसम्म चतुर्दशी तिथि रहेको र त्यसपछि औँसी तिथि लाग्नेछ ।

    विधान अनुसार लक्ष्मीपूजा औँसीको साँझ अथवा राति गर्नुपर्ने हुन्छ । त्यस्तै आइतबार बिहान चतुर्दशी तिथि रहेकाले कुकुरको पूजा गर्न लागिएको हो । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई पूजा गरी खानेकुरा खान दिइन्छ ।

    औँसीको दिन साँझमा दीपावली गर्दै ऐश्वर्य, धन र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिन्छ । सफा र उज्यालो स्थानमा लक्ष्मीले प्रवेश गर्ने मान्यता अनुसार घरका आँगन, कोठा तथा वरिपरि सफा गरि घरलाई फूल तथा बत्तीहरुले सिँगारिन्छ ।

    साथै घरको मूल ढोकाबाट पूजा कोठासम्म लक्ष्मीको पाइला बनाएर दीपावली गर्दै दियो, कलश, गणेशको पूजा गरि गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाएर लक्ष्मी देवीको पूजा गरिन्छ ।

    लक्ष्मी पूजाको दिन छोरी–चेलीहरुले समुह बनाएर भैली खेल्ने परम्परा छ । यस दिन भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिने चलन छ ।


    आइतवार, कार्तिक २६ २०८००७:३८:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij