Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बन्द भयो झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास

बन्द भयो झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 684
    SHARES

  • बन्द भयो झण्डै आधा शताब्दी पुरानो उत्तर कोरियाली दूतावास

    काठमाडौं । झण्डै आधा शताब्दीबाट नेपालमा स्थापना भएको उत्तर कोरियाली राजदूतावास औपचारिक रुपमा बन्द भएको छ । अब भारतको राजधानी नयाँ दिल्लीमा रहेको दूतावासले नेपालमा हेर्नेछ ।

    नेपालका लागि उत्तर कोरियाली राजदूत जो योङ मानले प्रधानमन्त्री प्रचण्डलाई भेटेर बन्द हुने जानकारी दिएर बिदाइ भेट गरेका हुन् । परराष्ट्र मन्त्रालयले दूतावास बन्दको जानकारी केही अगाडि नै पाएको बताइएको छ । राजदूत मान तथा नेपाली फरर बोल्ने काउन्सिलर किमले प्रेस काउन्सिका पूर्व कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ लगायतसँग पनि भेट गरेर बिदाइ भएका छन् ।

    उनीहरु आजै बेइजिङ भएर उत्तर कोरिया फर्किएका छन् । पन्चायतकालमा सन् १९७४ मे २५ मा नेपाल र उत्तर कोरियाको औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सोही वर्ष काठमाडौंमा दूतावास स्थापना भएको थियो । नेपालको दूतावास भने उत्तर कोरियामा छैन । बेइजिङको दूतावासले उत्तर कोरिया हेर्ने गरेको छ ।

    नेपालबाट टंकप्रसाद आचार्य र किर्तिनिधि बिस्टले प्रधानमन्त्रीको रुपमा उत्तर कोरिया भ्रमण गरेका थिए । उत्तर कोरियाबाट भने कोरियाको सवोंच्च सभाका अध्यक्ष अन म्योङ ओकको नेपाल भ्रमण सन २०१४ मा भएको थियो ।


    शुक्रवार, कार्तिक २४ २०८००३:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij