Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु

नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु

  • शुक्रवार, कार्तिक २४ २०८०

  • 429
    SHARES

  • नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु

    काठमाडौं । नेपालीको दोस्रो ठूलो पर्व तिहार आजदेखि सुरु भएको छ ।

    यमपञ्चकको पहिलो दिन लक्ष्मी उत्सव शुरु भएको मानिन्छ । यमपञ्चकको हरेक दिनको विशेष मान्यता रहेको छ ।
    आज धन त्रयोदशी अर्थात धनतेरस विषेशगरि तिहारको किनमेलका लागि उपयुक्त दिनका रुपमा मानिन्छ । यसैले आज बजारमा किनमेल गर्नेहरुको घुइँचो लाग्ने गर्दछ ।

    आजको दिन किनमेल गरिएका सामान राखेर धनकी देवी लक्ष्मीको पुजा गरेमा माता खुशीभइ धनधान्यले पूर्ण हुने धार्मिक विश्वास रहेको छ ।

    आजको दिन देवी लक्ष्मी र भगवान गणेशको मूर्ति घरमा ल्याउँदा शुभ हुने मानिन्छ । यसैगरि, आज खरिद गरिएका भाँडाकुडा र आभूषण अरुलाई नदिइ आफुले नै राख्नुपर्ने मान्यता रहेको छ ।


    शुक्रवार, कार्तिक २४ २०८०११:३२:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij