Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

तिब्बत सरकारले भूकम्प प्रभावितका लागि ५ करोड सहयोग दिने

तिब्बत सरकारले भूकम्प प्रभावितका लागि ५ करोड सहयोग दिने

  • बिहिवार, कार्तिक २३ २०८०

  • 356
    SHARES

  • तिब्बत सरकारले भूकम्प प्रभावितका लागि ५ करोड सहयोग दिने
    काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी सीपीसीका तिब्बत स्वायत्त क्षेत्रका सेक्रेटरी वाङ छुङछेङले जाजरकोट–रुकुम भूकम्प प्रभावितका लागि ५ करोड नेपाली रुपैयाँ सहयोग गर्ने बताउनुभएको छ।
     
    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिहीबार(आज) बिहान बालुवाटारमा भएको भेटवार्तामा सीपीसी नेता वाङले प्रभावित क्षेत्रमा तुरुन्तै पुग्ने गरी सहयोग गर्ने बताउनुभएको हो ।
     
    प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रूपक सापकोटाका अनुसार वाङले चीन सरकारले गरेको भन्दा छुट्टै सहयोग घोषणा गर्नुभएको हो। ‘जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्प प्रभावितका लागि तिब्बत सरकारले ५ करोड रुपैयाँ सहयोग दिने भन्नु भएको छ’, सापकोटाले भन्नुभयो ।
     
    पाँच दिने भ्रमणका लागि बुधबार नेपाल आउनुभएका उहाँले प्रचण्डसँगको भेटवार्ताका क्रममा दुई देशबीचको आपसी सम्बन्ध, सहकार्य र हितका विषयमा छलफल भएको सल्लाहकार सापकोटाले जानकारी दिनुभयो ।
     
    यस्तै भेटका क्रममा संघीय मामिला मन्त्रालयसँग सन् २०२४ देखि ०२८ सम्म नेपालको स्वास्थ्य, शिक्षा र जीवनस्तर उकास्नका लागि २० मिलियन आरएम्बी ९२६ करोड ४५ लाख नेपाली रुपैयाँ० सहयोग गर्ने बारे एमओयू गर्ने विषयमा छलफल भएको छ । वाङको नेपाल भ्रमणकै क्रममा मन्त्रालयसँग यस विषयमा एमओयू हुने छ ।
     
    डिसेम्बर १३ बाट केरला नाका सञ्चालनमा ल्याउने र परम्परागत नाकाहरूलाई पनि यथाशीघ्र सञ्चालनमा ल्याउने विषयमा छलफल भएको सापकोटाले जानकारी दिनुभयो ।
     
    सीपीसीका नेता वाङले तिब्बतको ल्हासा विमानस्थल पूननिर्माणको काम सम्पन्न भइसकेको भन्दै छिट्टै नेपाल र ल्हासाबीच पुनः हवाई सञ्चालन गर्ने बताउनुभएको छ ।
     
    यससँगै चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र प्रधानमन्त्री प्रचण्डको हालै सम्पन्न चीन भ्रमणका क्रममा भएका सहमति र सम्झौतालाई कार्यान्वयनमा लैजाने विषयमा पनि भेटमा छलफल भएको छ ।
     
    प्रचण्डले उक्त सम्झौता कार्यान्वयनमा लैजानका लागि चिनियाँ पक्षले देखाएको सक्रियताका लागी सीपीसी नेतालाई धन्यवाद व्यक्त गर्नुभएको छ । वाङले बुधबार नेपाल आए लगत्तै उपराष्ट्रपति रामयसहाय प्रसाद यादवलाई भेट्नुभएको थियो ।


    बिहिवार, कार्तिक २३ २०८००२:३०:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij