काठमाडौं । कोसी प्रदेशसभामा १० महिनापछि विभिन्न विषयगत समिति गठन भएका छन् ।
बुधबार(आज) बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले महिनापछि प्रदेशसभाको विभिन्न विषयगत समितिमा मनोनयन गरिएका सदस्यहरूको नाम पढेर सुनाउनुभयो। जसअनुसार न्याय प्रशासन तथा विधायन समितिमा १२, सुशासन तथा योजना समितिमा १५, अर्थ समितिमा १३ जनालाई मनोनयन गरिएको छ।
त्यस्तै सार्वजनिक लेखा समितिमा ११, सामाजिक विकास समितिमा १२, उद्योग, पर्यटन तथा वातावरण समितिमा १३ र प्राकृतिक स्रोत तथा पूर्वाधार समितिमा १२ जनालाई मनोनयन गरिएको छ। प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधनसमेत) को नियम १३३ बमोजिम समितिमा सदस्यहरूलाई मनोनयन गरिएको उपसभामुख दनुवारले जानकारी दिनुभयो।
समिति सभापतिका विषयमा भने दलहरूबीच भागबण्डा मिलेको छैन । सभामुखको निर्वाचनपछि संसदीय समितिको नेतृत्व टुङ्गो लगाउने दलहरूको तयारी छ ।
प्रदेशसभाका ९३ जना सदस्यमध्ये मुख्यमन्त्री केदार कार्की र विना विभागीय मन्त्री गणेश उप्रेती, शमशेर राई र कमलप्रसाद जबेगु तथा उपसभामुख सिर्जना दनुवार समितिमा छैनन् ।
बैठकमा ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ माथिको सैद्धान्तिक छलफलसमेत भएको छ। प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान बोलाइएको छ।
न्याय प्रशासन तथा विधायन समिति
अम्बरबहादुर विष्ट
खगेश्वरी पौडेल
गीता तिम्सिना
गोम्बु शेर्पा
भूपेन्द्र राई
रमेशकुमार बस्नेत
रामबहादुर राना मगर
ललिताकुमारी चौधरी
लिलाबल्लभ अधिकारी
विनोद राई
शिला दीक्षित कार्की
होमबहादुर थापा
सुशासन तथा योजना समिति
इन्दिरा थापा
इन्द्रबहादुर आङ्बो
उद्धव थापा
कमला दर्नाल
नारायणबहादुर मगर
निर्मला लिम्बू
भक्तिप्रसाद सिटौला
भूमिप्रसाद राजवंशी
मालतीकुमारी लिम्बू
मिना श्रेष्ठ
राजेन्द्रकुमार राई
राधाकृष्ण खनाल
लक्कीकुमारी गणेश
लीलाकुमारी राई
हिक्मतकुमार कार्की
अर्थ समिति
गोपाल तामाङ
छविलाल चुँडाल
जीवन आचार्य
ज्ञानेन्द्र सुवेदी
तारादेवी ढकाल
बाबुराम गौतम
मानबहादुर लिम्बू
रामकुमार खत्री
रोहितबहादुर कार्की
विजयकुमार राई
विदुर कुमार लिङथेप
सविना बजगाईँ
सुनिताकुमारी गुरुङ
सार्वजनिक लेखा समिति
किशोरचन्द्र दुलाल
गीतारानी महतो
दुर्गाप्रसाद चापागाईँ
पाँचकर्ण राई
प्रदीपकुमार सुनुवार
प्रेमराज थाम्सुहाङ
भीम पराजुली
यशोदा कायस्थ
रेवतीरमण भण्डारी
सदानन्द मण्डल
हिमाल कार्की
सामाजिक विकास समिति
इस्राइल मन्सुरी
गयानन्द मण्डल गनगाई
गीतादेवी रेग्मी
तिलचन पाठक
नम्बरलाल धिमाल
ममता तामाङ मगर
राजन किराँती
रामदेव यादव
विद्या चाम्लिङ राई
शोभा चेम्जोङ
सपना दर्जी
सिर्जना राई
उद्योग पर्यटन तथा वातावरण समिति
उमाकान्त गौतम
कमला थापा मगर
खगेनसिं हाङ्गाम
खिनु लङ्वा लिम्बू
जयप्रकाश चौधरी
गोपालबहादुर विश्वकर्मा
निरन राई
निरादेवी खनाल
बुद्धिकुमार राजभण्डारी
मैयाँ श्रेष्ठ
राजेन्द्र कार्की
सुनिता गच्छदार चौधरी
सम्झना तामाङ थाम्सुहाङ
प्राकृतिक स्रोत तथा पूर्वाधार विकास समिति
अमृतकुमार अर्याल
इन्द्रमणि पराजुली
एकराज कार्की
खड्गबहादुर बस्नेत
गोविन्द गिरी
डोल्मा तामाङ
तिलकुमार मेन्याङ्बो लिम्बू
निमसरी राजवंशी
नुरशदि बेगम
वन्दना झाँगड
मोहन महर्जन
रामप्रसाद महतो