Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भूकम्प प्रभावितलाई बाग्मती सरकारका कर्मचारीको एक करोड २५ लाख रुपैयाँ सहयोग

भूकम्प प्रभावितलाई बाग्मती सरकारका कर्मचारीको एक करोड २५ लाख रुपैयाँ सहयोग

  • बुधवार, कार्तिक २२ २०८०

  • 421
    SHARES

  • भूकम्प प्रभावितलाई बाग्मती सरकारका कर्मचारीको एक करोड २५ लाख रुपैयाँ सहयोग

    मकवानपुर – जाजरकोट भूकम्पपीडितको राहत उद्धार र पुनःस्थापनाका लागि बाग्मती प्रदेश सरकारमा कार्यरत कर्मचारीले आर्थिक सहयोग गर्ने भएका छन् । 

    बाग्मती प्रदेशका प्रमुख सचिव घनश्याम उपध्यायको अध्यक्षतामा बसेको बैठकमा भूकम्पका कारण कर्णाली प्रदेशको जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका प्रभावितको सहयोगका लागि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको प्रमुख सचिव घनश्याम उपध्यायले बताउनुभयो ।

    बैठकले कर्णाली प्रदेशको जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भइ शुक्रवार राति गएको भूकम्पले ठूलो मात्रामा जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लामा जनधनको क्षति पुगेकोमा दुःख व्यक्त गर्दै आर्थिक सहयोग गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।

    बैठकले भूकम्पबाट प्रभावितलाई राहत तथा पुनःस्थापनाको लागि बाग्मती प्रदेशअन्तर्गत कार्यरत प्रमुख सचिव, प्रदेश सचिव एवम् त्यसै सरहका पदाधिकारीको तीन दिनको तलब, अधिकृतस्तरका कर्मचारीको दुई दिनको तलब र अन्य सबै कर्मचारीको एक दिनको तलब कर्णाली प्रदेश विपद् व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको प्रमुख सचिव उपाध्यायले जानकारी दिनुभयो ।

    उहाँका अनुसार त्यो रकम सङ्कलन गरी कर्णाली प्रदेश सरकारको खातामा जम्मा गरिने छ । प्रदेश सरकार मातहत कार्यरत प्रमुख सचिव, सचिवको तीन दिन बराबरको, उपसचिव र शाखा अधिकृतको दुई दिन बराबरको र अन्य कर्मचारीको एक दिनको तलब रकम अनुमानित एक करोड २५ लाख रुपैयाँ हुन आउने उपाध्यायले बताउनुभयो ।


    बुधवार, कार्तिक २२ २०८००८:१२:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij