Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

चिसो बढ्यो, आज दिनभरको मौसम कस्तो रहला ?

चिसो बढ्यो, आज दिनभरको मौसम कस्तो रहला ?

  • बुधवार, कार्तिक २२ २०८०

  • 526
    SHARES

  • चिसो बढ्यो, आज दिनभरको मौसम कस्तो रहला ?

    काठमाडौं । देशभर चिसो बढेको छ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।

    आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

    आज राति कोशी,  गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

     


    बुधवार, कार्तिक २२ २०८००७:०४:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij