Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू (फोटो फिचर)

चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू (फोटो फिचर)

काठमाडौं सहित टिस्टुङ, पालुङ इन्द्रसरोवर सहित हिमश्रृङ्खलाको आकर्षक दृश्यावलोकन
  • मंगलवार, कार्तिक २१ २०८०

  • 745
    SHARES

  • चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू (फोटो फिचर)
    काठमाडौं । उपत्यका नजिक चर्चित पर्यटकीय गन्तव्य चन्द्रागिरी हिल स्टेशन नजिकै अर्को डाँडाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान सुरू भएको छ ।
    1.jpg
     
    हाइ अल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी बाबु एड्भेन्चर्सले प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । 
    370240633_1574816106661447_686931835680174970_n.jpg
    भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरी डाँडाबाट प्याराग्लाइडिङ उडान गरिएको संचालक सुनुवारले जानकारी दिनुभयो ।  काठमाडौं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण रहेको सन्दर्भमा प्याराग्लाइडिङको संचालनले काठमाडौंमा साहसिक पर्यटनको लागि नयाँ गन्तव्य थपिएको सुनुवारले बताउनुभयो ।
    370125433_353295127078764_2627285396090876437_n.jpg
     
    चन्द्रागिरी र चिल्लाङ ओर्लिने खोँचको २३ सय मिटरको उचाइबाट सुरू हुने उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिँदै चन्द्रागिरी क्षेत्रको हरियो जंगल, काठमाडौं उपत्यका तथा  चित्लाङका मनमोहक दृश्यहरूको अवलोकन गर्दै समुन्द्र सतहबाट १७ सय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ । 
    370240547_255909297098617_2059934452494590676_n.jpg
    प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ’एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ ।
     
    370236156_1222163965842934_2092303045518668682_n.jpg
    रसुवा र धादिङका भूभाग समेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङ लगायत मानव निर्मित इन्द्रसरोवर ताल सहित उत्तरतर्फ देखिने फराकिलो हिमश्रृङ्खलाको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।
    382904545_2103422946667400_3257951104363512513_n.jpg
     
    हाललाई  बिहान ८ बजेदेखि ५ बजेसम्म प्याराग्लाइडिङ उडान सेवा दिइरहेको कम्पनीले  स्वदेशी र विदेशीका लागि प्याराग्लाइडिङको प्रतिव्यक्ति ८ हजार शुल्क लाग्ने जनाएको छ । 
     


    मंगलवार, कार्तिक २१ २०८००३:४४:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij