Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु

बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु

  • मंगलवार, कार्तिक २१ २०८०

  • 642
    SHARES

  • बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु

    काठमाडौं। बागलुङमा ट्याक्सी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। गएराती बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकातर्फ जाँदै गरेको ध १ ज ९९४ नम्बरको ट्याक्सी मध्यपहाडी लोकमार्गमा पर्ने मलकटिबाङमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी ट्याक्सीमा सवार ढोरपाटन–२ का २८ वर्षीय होमबहादुर पुन र बडिगाड गाउँपालिका–६ का ३२ वर्षीय अस्विन परियारको मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि)मदन केसीका अनुसार मृत्तक पुन ट्याक्सी मालिक तथा ट्याक्सी व्यवसायी संघ बुर्तिबाङका उपाध्यक्ष हुन् भने परियार चालक हुन्।

    ट्याक्सी सडकबाट एक सय मिटर तल खसेको थियो। दुबै जनाको घटनास्थलमै मृत्यु भएको डिएसपि केसीले जानकारी दिनुभयो ।


    मंगलवार, कार्तिक २१ २०८००९:२३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij