Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

सिस्नुपानीको देउसी कार्यक्रम स्थगित, भुकम्प पीडितलाई ५० हजार सहयोग

सिस्नुपानीको देउसी कार्यक्रम स्थगित, भुकम्प पीडितलाई ५० हजार सहयोग

  • मंगलवार, कार्तिक २१ २०८०

  • 811
    SHARES

  • सिस्नुपानीको देउसी कार्यक्रम स्थगित, भुकम्प पीडितलाई ५० हजार सहयोग

    काठमाडौं। सिस्नुपानी नेपालले यसवर्ष देउसी कार्यक्रम नगर्ने भएको छ।गत शुक्रबार जाजरकोटको रामिडाँडा केन्द्रविन्दु बनाएर गएको विनासकारी भूकम्पले जाजरकोट र रुकुमपश्चिममा जनधनको ठूलो क्षति पुगेको भन्दै देउसी कार्यक्रम नगर्ने निर्णय लिएको हो।

    ​सिस्नुपानी नेपालका महासचिव टंकराज आचार्यले सुचना जारी गर्दै ​भूकम्पको पीडाका कारण सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष स्थगित गरेको जानकारी दिनु भएको छ। यस्तै भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वरूप ५० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको जानकारी दिनुभयो।

    सिस्नुपानीले भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गर्दै पीडितको पुनःस्थापनाका लागि सहयोगको आह्वान पनि गरेको छ।

    सिस्नुपानी नेपालले हरेक वर्ष तिहार राजनीतिकर्मी तथा समाजका अन्य प्रतिष्ठित व्यक्ति भेला गरे व्यंग्यात्मक देउसी खेल्ने गरेको थियो।

    यस्तो छ,आचार्यले जारी गरेको सुचनाः
     
    सिस्नुपानी देउसी -२०८० को अनुरोध,
    यही कात्तिक १७ गते राति जाजरकोट र रूकुम पश्चिम क्षेत्रमा गएको भूकम्पले त्यस क्षेत्रमा ठूूलो मात्रामा जनधनको क्षति गरेकोमा हामी अत्यन्त मर्माहत भएका छौँ । दुःखको यस घडीमा भूकम्पबाट ज्यान गुमाउन पुगेका नागरिकहररूप्रति हार्दिक श्रद्धान्जलि अर्पण गर्दै दिवंगतहररूका परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । साथै पीडितहरुको पुनर्स्थापनाकालागी सहयोगको आह्वान पनि गर्दछौं ।
    सिस्नुपानी नेपालको बैठकले भूकम्प प्रभावित क्षेत्रका लागि स्थापित सरकारी कोषमा सहयोग स्वररूप रु ५०,०००। (पचास हजार) उपलव्ध गराउने निर्णय गरेको जानकारी गराउँदै विगत २५ वर्षदेखि हरेक वर्षको तिहार पर्वका अवसरमा प्रस्तुत गर्दै आएको सिस्नुपानी देउसी कार्यक्रम यो वर्ष (२०८०)का लागि स्थगित गरिएको व्यहोरा दुःखका साथ जानकारी गराउँछौँ ।
    आम दर्शक, श्रोता, शुभेच्छुक महानुभावहरूबाट आगामी दिनमा निरन्तर सहयोग प्राप्त भइरहने विश्वाससमेत व्यक्त गर्दछौँ ।
    धन्यवाद ।
    -टङ्कराज आचार्य
    महासचिव, सिस्नुपानी नेपाल ।


    मंगलवार, कार्तिक २१ २०८००८:२०:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij