Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

भुकम्प प्रभावितलाई हलेसी तुवाचुङ नगरपालिकाको साथ, साढे ११ लाख सहयोग

भुकम्प प्रभावितलाई हलेसी तुवाचुङ नगरपालिकाको साथ, साढे ११ लाख सहयोग

  • मंगलवार, कार्तिक २१ २०८०

  • 1.5K
    SHARES

  • भुकम्प प्रभावितलाई हलेसी तुवाचुङ नगरपालिकाको साथ, साढे ११ लाख सहयोग

    काठमाडौँ। पश्चिम नेपालका भूकम्प प्रभावितहरुका लागि पुर्वि नेपालको हलेसी तुवाचुुङ नगरपालिकाले उदारतापुर्वक सहयोग पठाएको छ। खोटाङ्ग जिल्लाको हलेसी तुवाचुङ नगरपालिकाले जाजरकोट र पश्चिम रुकुमका भूकम्प प्रभावितहरुका लागि ११ लाख ५१ हजार एक सय रुपैया सहयोग पठाएको हो ।

    नगरपालिकाकी मेयर विमला राईले सहयोग रकम हिजो नै प्रधानमन्त्री देवी प्रकोप उद्धार कोष मार्फत पठाइएको जानकारी दिनुभयो।“एक ठाउँका नेपालीलाई अर्को ठाउँका नेपालीले पनि उदारतापुर्वक सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ नगरपालिकाको तर्फबाट सहयोग रकम पठाएको हुँ, पिडितहरुलाई सक्दो सहयोग गर्नु हामी सबैको कर्तव्य र संस्कार पनि हो,” उहाँले भन्नुभयो ।

    मेयर राईले आफ्नो नगरपालिकका शिक्षक, कर्मचारी र जनप्रतिनिधिहरुले पाउने सुविधा कटौती गरेर पठाइएको रकम साँच्चै पिडितको हातमा पुग्ने विश्वास व्यक्त गर्दै सहयोग र सेवाका लागि अग्रसर हुन संसार भरका नेपालीहरुलाई आह्वान गर्नुभयो। गत शुक्रबार राती आएको भुकम्पका कारण अहिलेसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५३ जनाको मृत्यु भएको छ। तीमध्ये आधाभन्दा बढी अर्थात ८३ जना बालबालिका रहेका छन्।

    तीन दिनमा चारसय परकम्प गएकाले स्थानीय बासिन्द अहिले पनि त्रसित अवस्थामा रहेका छन भने राहत सामग्री वितरण कार्यमा ढिलाई भइरहेको उनीहरुको गुनासो छ।


    मंगलवार, कार्तिक २१ २०८००७:२०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij